विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको मुख्य ढोकादेखि माथिल्लो तलासम्म भोलाको खोलैखोल

सुन्दरहरैचा(मोरङ) । अस्पताललाई अति संबेदनसिल क्षेत्र मानिन्छ। तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको मुख्य ढोका देखि माथिल्लो तलासम्म सम्मै भोलाको खोलैखोल भेटिएको छ। अस्पल्ताको विभिन्न ठाउँहरुमा पान तथा सुर्तीजन्य पदार्थ खान मनाही छ भन्ने लिखिएको साइन बोर्ड लेखिएको भएपनि मुख्य ढोका असपताल वरिपरी देखि माथिल्लो तलासम्म भोलाको खोल र भोला खाएर थुकेको भेटिएको हो।

कोशी प्रदेशका विभिन्न जिल्लाका बिरामीहरुको उपचारको प्रमुख गन्तव्यको रुपमा रहेको नोबेल शिक्षण अस्पतालको वरिपरी देखि माथि सम्मै भोला खाएर त्यसो खोल जताततै फाल्ने गरेको भेटिएको छ। अस्पताल प्रवेश गरेर तोश्रो तला जाँदा जाँदै एउटा साइन बोर्ड भेटिन्छ,त्यहाँ लेखिएको छ,पान,गुट्खा,खैनी,चुरोट जस्ता सुर्तिजन्य पदार्थ खान सक्त मनायी छ। यदि कसैले खाएको भेटिएमा वा पान गुट्खा खाई थुकेमा १ हजार जरिवाना गरिने छ।

तर,अस्पतालको ढोका देखि माथिल्लो तलासम्म नै भोला खाएर थुकेको र त्यसको खोल भेटिएपछि अस्पताल प्रसाशन गम्बिर नबनेको स्पस्ट थाहा हुन्छ। त्यहाँ आएका धेरै बिरामीहरुले अन्य अस्पतालहरु भन्दा नोबेल अस्पतालको सरसफाई त्यति सन्तोष जनक बताएका छन्। उक्त अस्पतालमा दैनिक हजारौ बिरामीहरु पुग्ने गरेका छन्।

अस्पताल भित्र सुर्तीजन्य पदार्ध खान पाइदैन : सूचना अधिकारी दाहाल
नोबेल शिक्षण अस्पतालकका सूचना अधिकारी नबिन दाहालले भने अस्पताल भित्र सुर्तीजन्य पदार्ध खान प्रतिबन्ध रहेको भन्दै त्यस्तो नहुनु पर्ने र तल मुख्य गेटमै सेक्युरिटी गार्डले कडाई गरेको बताए। सेक्युरिटीले कडाई गर्दागर्दै पनि अस्पतालले प्रतिबन्ध गरेको सुर्तीजन्य पदार्ध सेवन गरेको भेटिए कारबाही गरिने प्रतिबद्धता जनाए।

‘अस्पताल भित्र त के अस्पताल परिसर भित्र पनि सुर्तीजन्य पदार्थ खान पाइदैन हाम्रो सेक्युरिटी कडाई गर्दागर्दै त्यस्तो खाएको भेटिएमा जोकोहिलाईपनि कारबाही हुन्छ,सूचना अधिकारी दाहालले राजधानी सँग भने,’यदि कसैले खाएको भेटिएमा वा पान गुट्खा खाई थुकेमा १ हजार जरिवाना हुने कानुन छ।’

कडाई गर्दागर्दै पनि केहि केहि मान्छेहरुले त्यस्तो गरेको हुनसक्ने र हामीले देख्ने बित्तकै ठाउँको ठाउँ कारबाही गर्ने उनले बताए। अस्पतालले कुनै पनि सुर्तीजन्य पदार्थलाई अनुमति नदिएको उनले बताए।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्ज महानगरमा गठबन्धनका सिंहलाई १५ सय बढिको अग्रता