देशमा राजनीतिक सिन्डिकेट चलिरहेको छ : रिमाल

सिन्धुली । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अहिले देशमा राजनीतिक सिन्डिकेट चलिरहेको बताए । सहिद ऋषिराज देवकोटा (आजाद) को ४३ औं स्मृति दिवस मनाउन हिजो शनिबार सिन्धुली आएका रिमालले पत्रकारहरुसँग कुरा गर्दै गठबन्धनले राजनीतिक सिन्डिकेट लागु गरेको बताए ।

राजनीतिक सिन्डिकेटले राज्य सञ्चालकलाई स्वार्थ मिल्दासम्म फाईदा पुग्ने र जनतालाई वेफाईदा हुने रिमालको दावी छ । उनले अहिलेको राजनीतिक सिन्डिकेटलाई थोत्रो गाडीसँग तुलना समेत गरेका छन । उनले भने, पहिले यातायात, ठेक्का पट्टामा सिन्डिकेट हुन्थ्यो, अहिले राजनीतिमा मिलेर खाने गरि गठबन्धन छ । यातायातको सिन्डिकेटमा थोत्रा गाडी र तिनका मालिकलाई फाईदा थियो, यात्रुलाई सास्ती । अहिले गठबन्धनको नेतृत्वलाई फाईदा छ, देश र जनतालाई वेफाईदा ।’

प्रेस चौतारी नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेको एजेण्डा सरकार परिवर्तन नभएको र एजेण्डाको आधारमा प्रतिस्पर्धा रहेको बताएका हुन । उनले एजेण्डाको आधारमा जनताले भोट हाल्न पाउनुपर्ने गरि अबको चुनाव हुन आवश्यक रहेकोमा जोड दिए ।

गठबन्धन दलका साझा एजेण्डा नभएका कारण ३२ सिटको माओवादीले ९० सिट घुमाईरहेको बताए । उनले भने, ‘गठबन्धनका दलको साझा एजेण्डा नभएका कारण प्रचण्डले ३२ सिटमा रहेर ९० सिट हल्लाईरहनु भएको छ ।’

रिमालले अहिलेको सरकारसँग विकास र संविधानले परिकल्पना गरेको समाजवादको एजेण्डा नभएको तर्क समेत गरे । उनले थपे, ‘अहिले सरकार एजेण्डा र लक्ष विहिन बनेको छ, त्यसैले एमालेले एजेण्डामा हिड्न बाटो देखाउन मध्यपहाडी लोकमार्गको संकल्प यात्राको प्रतिवेदन बुझाएर एजेण्डा देखाई दिएको छ ।’

नेपालमा दुई राजनीतिक शक्ति मात्र रहेको पनि उनको दावी छ । प्रगतिवादी धारको नेतृत्व नेकपा एमालेले गरेको र यथास्थितिबादी धारको नेतृत्व नेपाली कांग्रेसले गरेको सो अवसरमा उनले बताए । उनले अन्य दलहरुको स्थान स्याटेलाईट जस्तो भएको बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’