डिग्री माईला नाटकपछि चलचित्रमा पनि दयाहाङ

काठमाडौं । दयाहाङ राईले यस अघि नाटक डिग्री माईलामा लामो समय अभिनय गरेका थिए । त्यही नाटकलाई थोरै कथा परिवर्तन गरेर अब पर्दामा चलचित्रको रुपमा ल्याउन लागिएको छ । नयाँ वर्षको छेको परेर आगामी ३० चैतबाट सिनेमा हलमा रिलिज गरिने यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्र ‘डिग्री माइला ः एमए थर्ड क्लास’को यसै साता आएको ‘रफकट टिजर’मा अभिनेता दयाहाङ राईलाई अँग्रेजी साहित्यमा डिग्री गरेको पात्रको रुपमा प्रस्तुत गरिएको थियो,‘थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका मुलुकमा धेरै युवाहरु शैक्षिक भएर बिदेश पलायन भएको बेला एक शैक्षिक बेरोजगारको कथा यसमा प्रस्तुत गर्न लागेका हौं ।’ निर्देशक रामबाबुले भने ।

टिजरको एक किसिमको रमाईलो प्रतिक्रिया पाईरहेको बेला यो चलचित्रको ‘सुस्त सुस्त…’ गीतको भिडियो शुक्रबार रिलिज गरिएको छ । यो गीतमा एसडी योगीको संगीत र दिल्लु चम्लागाईको गीत रचना रहेको छ । संगीतकार योगी र बिज्ञानी पराजुलीले यो गीत गाएका छन् । गीत प्रेमिल भावको बनेको छ । निर्देशक रेनेशा वान्तवा राईले डिओसी गरेको यो गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी छ । यो गीतको भिडियोमा दयाहाङ राई र आँचल शर्माले प्रेमिल जोडी बनेर अभिनय गरेका छन् । उनीहरुको प्रेम सम्बन्धलाई गीतको भिडियोले स्थापित गर्छ ।

पछिल्लो समय मिरुनासँग धेरै फिल्ममा जोडी भएका दयाहाङलाई रामबाबुले यो चलचित्रमा भने आँचलको जोडी बनाएका छन् । फिल्मको शैली फरक भएकाले आँचल र दयाहाङलाई यसमा जोडी बनाएको उनको कथन छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । डिग्री माईलामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यसको छायाँकारमा शिवराम श्रेष्ठ र राइली एस शिन रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा