देउवाको दाउ

काठमाडौं । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् ।

आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए ।

महामन्त्री थापाले पेस गरेको गठबन्धन नगर्ने विषयले टाउको दुखाइ भएपछि उनले महासमिति बैठकको सुरुवातमा गगनलाई व्यंग्य गरेका थिए । गठबन्धनको विषयमा अहिले नै प्रमुख मुद्दा बनाउन नहुनेमा कतिपय महासमिति सदस्य देखिए पनि संस्थापनइतर समूहका महासमिति सदस्यहरू भविष्यमा कांग्रेसले गठबन्धन गरेर चुनाव लड्न नहुनेमा रहेका थिए । सो विषय महासमिति बैठकमा जोडतोडका साथ तीन दिनसम्म ललितपुरको गोदावरीमा उठ्यो ।

चुनावी गठबन्धनको विषयमा महामन्त्री थापाले प्रस्तावमा भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

थापाको सो प्रस्ताव महासमितिको बैठकले पारित गरेको थियो । यसँगै उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित भएका छन् । लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका थिए । तर, सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनलाई भने संशोधन गर्ने तयारीमा छन् ।

सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने संकेतका रूपमा बुझेका देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक राखेका थिए । सो विषयमा सहमत हुन नसकेपछि महामन्त्री थापाले महासमिति बैठकमा राखेको सांगठनिक प्रतिवेदन पारित भएपछि अर्को विकल्पका रूपमा सभापति देउवाले कांग्रेस केन्द्रीय बैठकबाट परिमार्जन गर्ने तयारीमा छन् । त्यसको संकेत उनले महासमिति बैठकको अन्तिममा सम्बोधनको क्रममा बैठकका प्रस्ताव परिमार्जनसहित पारित हुने बताइसकेका छन् ।

‘यहाँ आएका सुझाव समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्नेगरी प्रस्ताव पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्नेछ,’ उनले भनेका थिए । देउवाले वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा कांग्रेसले सरकारलाई सुशासनका लागि निरन्तर सुझाव दिइरहेको पनि बताएका थिए ।

उनले परिमार्जनसहित प्रस्ताव पारित हुने भन्नुमा हालको सत्ता गठबन्धनबाट आफ्नो प्रधानमन्त्री हुने विषय पनि प्राथमिकतामा छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रलाई आश्वस्त तुलाउन पनि सभापति देउवाले महासमिति बैठकबाट पारित भएको विषय अन्तिम नहुने भनी सन्देश दिन खोजेका हुन् । सभापति देउवाले आउँदो केन्द्रीय समिति बैठकमा गठबन्धनको विषयमा महामन्त्रीले राखेको प्रस्तावलाई संशोधन गर्दै पारित गर्न चाहन्छन् । केन्द्रीय कमिटीको बैठकबाट बहुमतसहित सो विषय संसोधनसहित पारित भएमा सत्ता गठबन्धनसँगको सम्बन्धमा दूरी नबढ्ने र प्रधानमन्त्री बन्ने बाटो खुला हुनेमा सभापति देउवा ढुक्क छन् । सो विषय पारित भएसँगै महाधिवेशन हुने मिति पनि दुई वर्ष पर धकेलेर आफ्नो नेतृत्व कायम राख्ने दाउमा देउवा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी