नइ पुरस्कार यो वर्ष चार जनालाई

काठमाडौं । नइ प्रकाशनले २०७९ सालको ‘नइ पुरस्कार’ चार जना प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले जनचेतनाको संवर्धनका लागि नेपाली भाषाका माध्यमबाट अभिनय, नाटक, सिर्जना र हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई ६० हजार रुपियाँ राशीको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको सो प्रकाशनले जनाएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । यस्तै झापाकी रीमा पाण्डे ‘मिनी’लाई राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान दिएको भन्दै ५० हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

यस्तै ५० हजार रुपियाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषासाहित्यको विकासमा प्रशंसनीय कार्य गरेबापत डा.साधना प्रतीक्षालाई प्रदान गरिने भएको छ ।

यसैगरी २५ हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ समाजसेवाका फाँटमा समर्पित एवम् साहित्य, कला र संस्कृतिको संवर्धन हेतु क्रियाशील मिस नेवा नितु डङ्गोललाई समर्पण गरिने आयोजक नई प्रकाशनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ