चिहानमाथि बस्यो चिलगाडी

कालीकोट । ३८ वर्षपछि कालिकोटको कोटवाडा विमानस्थलको उद्घाटन गरिएको छ । ०४२ सालदेखि निर्माण सुरु भई बिचमा गौचरन बनिसकेको यहाँको एकमात्र बहुचर्चित कोटबाडाको सुनथराली विमानस्थलको सोमबार नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तामझामका साथ उद्घाटन गरेका हुन् ।

३८ वर्षपछि कोटबाडा बिमानस्थलको उद्घाटन, नियमित उडान नहुनेमा चिन्ता

हिजो आइतवार फेरि तारा एयरको विमान अवतरण गरेर परीक्षण उडान गरिएको हो । यसअछि ०७३ माघमा कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएको थियो । सोमवार उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाही सहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका हुन ।

विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहाददुर खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका वाफजुत विमानस्थलको उद्घाटन गरेका छौँ । विमानस्थल निर्माणमा गोली खाएर मारिएका एक नाबालक सहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति हार्दिक श्रदा शुमन व्यक्त गरेका छन । विमानस्थलको उद्घाट गरिएको छ । अव यसको आवश्यकता अनुसार नियमित उडानको लागी स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारले गर्ने प्रतिवद्धता जनाए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिवद्धता जनाए ।

हुनत कर्णालीकै केही विमानस्थल उद्घाटनपछि उडान बन्द भएका छन । तिनका आ–आफनै समस्या रहेका छन । कोटवाडा विमानस्थलमा नियमित हुनेमा कुनै संका नगर्न नागरिकलाई आश्वासन देखाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हप्ताको एक पटक यात्रुको फलो हेरेर नियमित उडान भर्ने बताएका छन् । कोटवाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेका छैनन् । यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्ने मन्त्री किरातीले प्रतिवद्धता जनाए । साथै उनले ७ वटै प्रदेशमा एक–एक नेपाल एयरलाइन्सको जहाज दिने समेत उद्घोष गरे ।

०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन । ०७३ माघमा तत्कालीन पर्यटन मन्त्री जीवनवहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन ।

कहिले स्थान छनोटको विवाद, कहिले बजेट अभाव त कहिले सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल पछिल्लो समयमा पिच भएर पनि जहाज नआउने विमानस्थलका रूपमा चर्चामा छ । विमानस्थल बने पनि त्यहा पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने कालीकोटका प्रदेश सांसद हिक्मतवहादु विष्टले बताए ।

उडान नियमित हुनु पर्ने नागरिकको माग
उद्घाटनमै ३८ वर्ष लागेपनी उद्घाटन पछि उडान यिमित गराउनु पर्नेमा यहाँका नागरिकले माग गरेका छन । कर्णालीमै विमानवस्थलको उद्घाटन पछि उडान भर्न नसकेर बन्द रहेका विमानस्थलहरु पनी छन् । यस्तो अवस्था हुन नदिन सरकार समक्क्ष यहाँका नागरिकहरुले माग गरेका छन ।

यो विमानस्थल यहाँसम्म पुगाउन ३७ जना मजदुरले ज्यान गुमाउनुका साथै विभिन्न चुनौति समान गर्दै चिहानमाथी चिलगाडी बसेको देख्दा हर्षको आँसु बगेको नरहरीनाथ गाउँपालिका १ कोटवाडाका दमन विष्टले बताए । बिचमा दश वर्षे जनयुद्ध लगायतका समस्याबाट निर्माणमा ढिलाई भएको थियो ।

बिमानस्थल गौचरन बनेपछि घरआँगनबाटै जहाज चढ्ने सपना बुनिसकेका हामी निराश थियौँ । पुन बिमानस्थल निर्माणका लागी बजेट आएपछि हाम्रो खुशी फकिर्यो ।

३८ वर्षपछि खुशी फर्केर आएको छ । उद्घाटन गरेर उडान भर्न नसकेर बन्द हुन्छकी भन्ने चिन्ता मनमनै छ । यस्तो अवस्था नआवास अवदेखी कालिकोट बासीहरुको घर आँगनबाटै चिलगाडी चढ्ने सपना साकार हुने भयो ।

विमानस्थल निर्माणमा रहेका ३५ जना मजदुर मारिएका थिए
निर्माणाधीन विमानस्थलमा धादिङको जोगीमारासहित स्थानीय कामदारहरू पहाड काटिरहेका थिए । सेनाले विमानस्थल निर्माणमा खटिएका जोगीमाराका १७ सहित ३५ जनाको २०५८ फागुन १२ गते एउटै चिहान बनायो । अहिले बनेको धावनमार्गमै स्थानीयलाई चिहान खन्न लगाएर सेनाले ३५ जनाको लास गाड्यो।

विमानस्थल निर्माणमा खटिएका मजदुर मारिएको २० वर्ष पुग्यो । विमानस्थल कहिले सञ्चालनमा आउने हो टुंगो थिएन । ‘चिहानमाथि चिलगाडी (हवाइजहाज) बस्ला र मृतकको आत्माले शान्ति पाउला भन्ने आशामा थियौ अव शहिदको सपना पनी पुरा हुने स्थानीय चम्फ विष्टले भने, ‘विमानस्थल कहिले बनेर कहिले चिलगाडी आउने हो थाहा छैन्।’ द्वन्द्वका बेला मारिएका भीमबहादुर फर्केर आउँदैनन् भन्ने परिवारलाई थाहा छ । कम्तीमा आफन्तले बगाएको रगत र पसिनाको राज्यले ढिलै भएनी सम्मान दियो ।

सेनाले काम गर्दै गरेका मजदुर मात्रै होइन्, कोक्रोमा सुतिरहेका ६ महिने बालक नविन विष्टको पनि ज्यान गएको थियो । मृतकका आफन्तहरू विमानस्थल सञ्चालनसँगै मृतकको सम्झनामा शालिक वा धर्मशाला निर्माण गर्नुपर्ने बताउँछन ्। ‘हामी धर्मशाला निर्माण गर्न, शालिक राख्नका लागि जमिन दिन पनि तयार छौं,’ स्थानीय संगीन भण्डाराले भने, ‘यहाँ आफन्तको रगत र पसिना मात्रै छैन, धावनमार्गमा चिहान पनि छ।’ १० लाख राहत पाउनुबाहेक मृतकलाई सम्झने अरू माध्यम आफन्तसँग छैन ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले