प्रताप र अन्जुको बादलभित्र दिनेश र हीर

काठमाडौं । गायक प्रताप दास र गायिका अन्जु पन्तले सँयुक्त स्वरवद्ध गीत बादल भित्र…को भिडियो सार्वजनिक गरेका छन् । उनीहरुले यो गीतको भिडियो युट्यूवमार्फत सार्वजनिक गरेका हुन् । गीत निकै कर्णप्रिय बनेको गायिका अन्जुले बताएकी छिन् ।

यो गीतलाई बिष्णु भण्डारीले लेखेका हुन् । गीतमा अर्जुन पोखरेलले संगीत रहेको छ । यो गीतलाई कुशल सिंहले संगीत संयोजना गरेका हुन् । जसमा मिक्सिङ र मास्टरिङ नरेश विविसीको रहेको छ ।

यो गीतको भिडियोमा दिनेश बिष्ट र हीर शाहीको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी सुहाएको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । पोखरा र बाग्लुङको ढोर पाटनमा छायाँकन गरिएको यो गीतको भिडियो दृष्यगत रुपमा सुन्दर बनेको छ । भिडियोलाई प्रकाश खड्काले छायाँकन, लक्ष्मण चौहानले सम्पादन र मिलान विश्वकर्माले रँग सँयोजना गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व