Sunday, June 7, 2020
Home बिचार धन्य कोरोना ! ती मेरी आमा

धन्य कोरोना ! ती मेरी आमा

आमा ! मलाई थाहा छ, तिमी यतै कतै छ्यौ । मेरो सुत्ने कोठाको भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरले मलाई खाना पाकिसक्यो, खान आइज भनी बोलाएको मेरा यी कानहरूले कैयौंपटक टाठै सुनेका छन् । हिजो–आज किन हो कुन्नि ! अनायासै मेरो मुटु तिम्रो यादमा भक्कानिन्छ । तिमी मेरो स्मृतिको मानसपटलमा चलचित्र सरी चलिरहन्छ्यौ । तिमी र म भेलखोलाको उकालोमा अघिपछि हिँडिरहेको देख्छु । मालिबनको भीरमा सँगसँगै घाँस काटिरहेको देख्छु । तिमी मलाई घाँसको भारी बाँध्न सिकाइरहेकी हुन्छ्यौ । अनि घाँसको भारी बाँधिसकेपछि तिमीले आफ्नो फाटेको धोतीको आँचलमा बाँधेकोे कनिका र तिल आफूले नखाई खान दिन्छ्यौ र मलाई एकतमास हेरिरहन्छ्यौ । मानौं, तिमी ध्यानमग्न छ्यौ । म फेरि कनिका माग्छु । तिमी झस्किन्छ्यौ । कनिका सिद्धिएको म तिम्रो भावभंगीबाट थाहा पाउँछु । मेरो भोक नमेटिएकोमा तिमी खिन्न हुन्छ्यौ । आजकाल एकटकले म तिम्रो तस्बिर हेरिरहन्छु । अनि मलाई तिमी कनिका दिन खोज्छ्यौ, म थाप्न खोज्छु तर एक्कासी झल्यास्स हुन्छु । आजभोलि यस्तै–यस्तै भइरहेको छ । यत्रो ठूलो जहानबच्चाका लागि मैले कसरी चामल, नुन, तेल र दाल जोहो गर्दो हुँ भनेर तिमीलाई पीर पर्दो हो अनि सायद तिमी मलाई यसरी कनिका दिन खोज्दी हौ ।

आमा, तिमीले जे सोचिरहेकी छ्यौ, त्यो साँचो हो । म काठमाडौंको चार भञ्ज्याङभित्रको एक पुरानो घरको छिँडीको कोठामा सरकारले जारी गरेको लकडाउनको निर्देशनको जकडबन्दिमा छु, भित्तामा झुन्ड्याइएको तिम्रो तस्बिरसँगै । घरभवन तथा सडक निर्माण कार्यहरू बन्द भएकाले तिम्री बुहारी र म काम गर्न जान नपाएको पनि आधा महिना जति नै भइसक्यो । पट्यार लागिरहेको छ, म बेचैनी र छटपटीमा छु । मलाई अचाक्लि सकस छ । भएको चामल, नुन, तेल, दाल अब सिद्धिन थाल्यो । खाद्य पसलमा दैनिक उपभोग्यका सामग्रीहरूको आपूर्ति कम भएको छ, रे । भन्छन्, नगद हुँदा पनि दाल, चामल पाउन कठिन छ । खल्तीमा सुको पैसा छैन । ऋणसापट गर्ने सबै ठाउँमा हात थापिसकेको छु । साहूले अब उधारो नदिने र पुरानो चुक्ता गर्नुपर्ने उर्दी गरिसकेको छ । यस्तो अवस्थामा अब के गर्ने भन्ने चिन्तामा छु । म तिम्रा नातिनातिनाको मुखमा माड कसरी लगाउने भन्ने उपाय खोजिरहेको छु तर कुनै उपाय पनि सुझेको छैन । जहानबच्चा कसैलाई कोरोनाले छोइहाल्यो भने के गरुँला भन्ने त्रासले समेत मन पिरोलिइरहेको छ ।

दुई दशकअघि एकाबिहानै झिसमिसेमा सहर जान हिँडेको त्यो दिन सम्झिन्छु, सम्झिन्छु अनि राते कुकुरले मलाई डिलबगरसम्म पछ्याएको । सायद रातेले मलाई घर फर्कांै भन्दा मैले नमानेपछि दुःखित हँुदै फर्केको हुनुपर्छ, त्यतिबेला । तिमीले पनि भनेकी थियौ, उहिले मानिसहरू राजाले देश निकालाको सजाय सुनाउँदा मात्र गाउँ छोड्थे । तिमीले के बिराएका छांै र गाउँ छोड्दै छौ सहर छिर्नलाई । सहर छिर्नु भनेको देशनिकाला हुनुसरी हो । देश निकालाको सजाय भुक्तान गर्नु जस्तै हो । कुनै बखत गाउँ छोडी सहर छिरेकाहरू अचेल जन्मभूमिको यादमा छटपटिरहेका छन् । आजकल उनीहरूलाई ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छिन्’ भन्ने चेतले लखेटिरहेको छ । सहरमा महमा डुबेको मौरीजस्तै जीवन बाँच्न बाध्य भएका छन् । उनीहरू अब चाहेर पनि गाउँ फर्कन सक्ने स्थितिमा छैनन् । त्यसैले तिमी पनि गाउँ नछोड ।

बर्खामासमा लेकमा गाईभंैसी पाल्नुपर्छ, मोही पार्नुपर्छ, घिउ जम्मा गर्नुपर्छ अनि खोलामा पानी घट्ट चलाउनुुपर्छ । जलदेवीलाई पुज्नुपर्छ । खोला वरपर फोहोर गर्नुहुन्न, दुवाली छेकी रसायन–विषादी हालेर माछा र गंगटा सखाप पार्नुहुन्न । माछा र गंगटाहरू पनि ईश्वरकै अंश हुन् । हिउँदमा बेसी झर्नुपर्छ । गेडागुडी, गुन्द्रुक, ढिंडो खाउँला । गुज्जरी भंैसी छँदै छ, दुहौंला अनि टन्न दही, मही, घिउ खाउँला । तर, त्यतिबेला तिम्रा यावत कुराहरू मैले सुनेको नसुनेझंै गरी म सहर हिँडे । जुन, कर्मको फल म आज भोग्दै छु ।

तिमीले भन्थ्यौ, पुर्खाका गाथा गाँस्नुपर्छ, आफ्ना कथा कहनुपर्छ । असल भइन्छ, जान्ने भइन्छ । हामी त विद्वान बन्ने ध्याउन्नमा रहेछौं, आमा । असल हुने पाटो छुटेछ । आँखा मात्रै हाम्रा रहेका छन्, दृष्टिकोण अर्कैको बनेका छन् । मथिंगल मात्र हाम्रो छ, सोच्ने दिमाग अर्कैको बनेको छ । बौद्धिक दासताको जीवन जिउनुपरेको छ । आफ्नो गौरव–गाथा बिर्सिइएछ, अरूको कथा कण्ठाग्र गरिएछ । विडम्बना ! हामी पहिचानको कुरा गर्छौं तर हाम्रो पहिचानको रेखांकन अर्कैले गरिदिन्छ । त्यति बेला मैले तिम्रा कुरा गम्न सकिनँ ।

तिमी भन्थ्यौ, बरु खोरिया खेती गर्नुपर्छ, बिरौटामा धान रोप्नुपर्छ । ढिँडोपिठो खानुपर्छ । पाखुरा बलिया हुन्छन् । अहिले पो पत्तो भयो, ढिँडो, अदुवा, पुदिना, बोझो, टिमुर, वेसार आदि मसाला र खानेकुरा मात्र होइनन्, औषधि पो रहेछन् । पल्लो घरका बाजे एक शताब्दीको उमेरमा ठमठमी हिँड्न सक्नुको रहस्य यो पो रहेछ । हाम्रो जिब्रो मात्र आफ्नो रह्यो, स्वाद अर्कैको बस्यो । बनिबनावट पोका, बट्टा, साँधेका, तारेका, तेल र मसालायुक्त खाद्य परिकारमा हाम्रो रस बस्यो, लत लाग्यो । महीको सट्टा बोतलका झोलपदार्थ, ढिँडोको सट्टा पिज्जामा दिलचस्प भइयो । फलाहारको सट्टा मांसाहार गर्न थाल्यौं ।

तिमीले भन्थ्यौ, चोरले पनि आफ्ना छिमेकका १० घर बिराएर मात्र चोर्छ । ऐंचोपैंचो गरी गर्जो टार्नुपर्छ, आफूलाई चाहिँदा लिनुपर्छ, छिमेकीलाई चाहिँदा दिनुपर्छ । दान गर्नु अर्को जुनीलाई साँच्नु हो । छिमेकी के चाहिएला र, कहिल्यै नसोच्नु, कुनै समय छिमेकीको चुल्होको खरानीका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनसक्छ । भmुटो बोल्नुहँुदैन, जालझेल गर्नुहँुदैन, पाप लाग्छ । यो सबै तिम्रो असल छिमेकीपन, ‘बशुधैव कुटुम्बकम’् को आधारशीला रहेछ तर आजकल यहाँ यस्तो विचारको प्रधानता कहाँ छ र । मानिस एकलकाँटे बनेको छ । हरेक सम्बन्ध र व्यवहार उसले पैसामा साट्न खोज्छ । सक्दो अकूत सम्पत्ति जम्मा गर्छ, कालोबजारी, जम्माखोरी अनि अवैध धन्दा चलाउँछ । मानवता हराएको छ ।

तिमी भन्थ्यौ, रूख काट्नु हुन्न, सिकार खेल्नुहुन्न । वनदेवी रिसाउँछिन् । वनदेवीको आराधाना गर्नुपर्छ । यसो गरे सह हुन्छ । वास्तवमा, तिमीले मलाई पारिस्थितिक प्रणालीप्रतिको सुचेत ममा सञ्चारित गर्न खोजेकी रहिछ्यौ तर मैले बुझ्न सकिन । वनदेवीलाई ढुंगो देखें, खोलाको जललाई सिर्फ पानी अनि माछा र गंगटालाई फगत मेरो सिकार ।

एक दिन हामी घाँस काटेर चंखेली लेकबाट फर्किर्दै थियौं । गौरीपाटनको थुम्के पोखरीको छेउमा थकाइ मार्न भारी बिसायौं । भोक र प्यासले रन्थनाएको थियो । सधैंझैं तिमीले मलाई कनिका र तिल दियौं । म खाँदै थिएँ । बेलुकीको सिरसिरे हावाले थुम्के पोखरीको पानीमा एकनास तरंग पैदा गरिरहेको थियो । तिमी केहीबेर हरायांै, तरंगसँगै । केही समयपश्चात् अनायासै बर्बराएसरि भन्यौ, रम्भा बहिनी र मेरा दौंतरीहरू बाल्यकालमा यसै पोखरीमा भैंसीलाई पानी खुवाउन ल्यााउँथ्यौं । अहिले को कहाँ पुगे, को कहाँ गए । धेरै जनाको त त्यति बेला फैलिएको झाडापखालाले सिकार बनायो । मानिसले गाउँमा तामसि भोजन गर्न सुरु गरे । ध्यानधर्म गर्न छोडे । सामाजिक कार्य गर्न छोडे । उच्छृंखल भए । गाउँघर सफासुग्घर गर्न त्यति मतलब गरेनन् । त्यसैले देवी रिसाइन् । झाडापखाला फैलियो । एक शव जलाएर फर्किने बित्तिकै अर्को शव भइसकेको हुन्थ्यो । गाउँमा शवदाह गर्नका लागि काठपात सिद्धिसकेको थियो । झाडापखाला लागेको विरामीलाई पानी र झोलिलो चीज ख्वाउनुहँुदैन । खायो भने बिरामी झन् जोखिममा पर्छ भन्ने मानसिकता व्याप्त थियो ।

रम्भा बहिनीलाई त्यति बेला अनौठो संयोग प¥यो । रम्भा उनको बाबुआमाको एक्लो सन्तान थिइन् । उनका बुबाआमाले उनलाई औधी माया गर्थे तर उनलाई पनि झाडापखालाले समात्यो । भmाडापखाला भएकोलाई मानिसको बस्तीबाट टाढा गोठमा राख्नुपर्छ नत्र अरूलाई सर्छ भन्ने सोच थियो । उनी पानी–पानी भनि छटपटाइरहेकी थिइन् । गाउँका आधा जति मानिसलाई झाडापखालाले खाइसकेको थियो । सबैलाई उनी अब बाँच्दिनन् भन्ने लागेको थियो । उनलाई पनि घरबाट टाढा गोठमा राखियो । पानीका लागि छटपटाएको छोरीको पीडालाई उनका बाबुआमाले खप्न सकेनन् । आफ्नी छोरीको अन्तिम इच्छा पूरा गरिदिन्छांै भनी एक कसौंडी पानीसहित घरदेखि टाढा गोठमा छोडिदिए । अचम्म त के भने उनी महामारीबाट जोगिइन् । उनले प्रशस्त पानी पिइछिन् । पानीले उनको ज्यान जोगाएछ । हामीले झाडापखाला लाग्दा पानी पिउनुपर्छ भन्ने कुरा धेरै पछि मात्र थाहा पायौं । पानीले मानिसको ज्यान जोगाउँछ, झाडापखाला लाग्दा पानी खानुपर्छ भन्ने थाहा भएको भए सायद झिर्कुली बहिनी र अरूहरू पनि बाँच्थे होलान् । कान्छा ! तिमी त स्कुल जान्छौ, तिमीलाई थाहा होला नि, मान्छे मरेपछि कहाँ जान्छ होला ? म अक्क न बक्क भएँ ।

साँच्चै भनौं भने आमा, तिम्रो प्रश्नको जवाफ मैले मेरो चालीसको उत्तरार्धसम्म पनि पत्ता लगाउँन सकेको छैन । गुरु–गुरुआमाले विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा कहिल्यै पनि मलाई पराभौतिक विज्ञान, नीतिशास्त्र, तन्त्रविद्या पढाएनन् । आत्मा र परात्माका कुरा सिकाएनन् । सिकाए त, केवल अणुशास्त्र, अस्थिप्रणाली, अर्थतन्त्र र अंकगठन । यी विद्याले मलाई बुद्ध र अरूलाई बुद्धु देख्ने बनाएको छ । पराभौतिक विज्ञान र नीतिशास्त्र त अब कुविद्याको कोटीमा दर्ज गरिएका छन् । माफ गर आमा, मैले तिम्रो प्रश्नको उत्तर खोज्न सकिनँ ।

अनि आमा, हाम्रो कस्तुरीको जस्तो हालतलाई पनि माफ गर्नु । जसरी कस्तुरी आफ्नो नाभीमा भएको विनाको वास्नाको पत्तो नपाई वास्ना सँुघ्न सारा जंगल चाहर्छ । जंगल चाहर्दा चाहर्दै रन्थनिएर रनभुल्लमा परेको मौका छोपी सिकारीले कस्तुरीको सिकार गर्छ । हाम्रो हालचाल पनि योभन्दा भिन्न कहाँ छ र, आमा । हामी पनि कस्तुरीजस्तै आफ्नो वास्नाको भेउ नपाई अरूको बनिबनाउ ‘परफ्युम’ सँुघ्ने ध्याउन्नमा छौं । प्राचीन तथा वैदिक परम्परालाई अरू कसैले हिजोआज खडा गरिदिएको तुलोमा जोख्न खोज्छौं । तिनीहरूमा खोट खोज्छौं । अरूले बद्लिदो परिस्थितिमा आफू र आफ्ना परम्परालाई सच्याएको हामी हेक्का राख्दैनांै । हाम्रा कमसल–कमजोर पक्ष सुधार्नु र असल तथा वैज्ञानिक पक्षको पक्षपोषण गर्नु आफ्नो कर्तव्य सम्झिदैनांै । बरु अरूले बनाएको बनिबनावट चालढाल तथा रीतिथितिबाट अनुप्राणित हुन्छांै । हामी कर्तव्यच्युत छांै । आमा, माफ गरे !

(Visited 306 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

भर्खरै

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

धेरै पढिएका

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

ई-पेपर

(Visited 35 times, 1 visits today)