औषधीय गुणले भरिपूर्ण लालीगुराँस

वसन्तको आगमनसँगै यस वर्ष लालीगुराँस फुल्न थालिसकेको छ । हिउँदमा पानी नपरेका कारण हिउँदे फूल फूल्न केही ढिलाइ भएको देखिएको छ । तर, गुराँस भने समयमै फुल्न थालेको छ । गुराँस फुल्दा रमणीय वातावरण बन्ने मात्र होइन, यसको फूल र रसबाट विभिन्न औषधिमय परिकार पनि बनाइने गरिन्छ ।

गुराँसको उपयोगिता’bout चासो राख्ने र यसको औषधीय गुणको पारख गर्ने जो कोहीका लागि अब अवसरको दिन आइसकेको छ । गुराँस फुलेर भीर, पाखा र पखेरा सिंगै गुराँसमय बनाउँदा त्यसको रसका विभिन्न परिकारले मानिसको जीउ पनि स्वस्थ र तन्दुरुस्त बनाउन थालिसकेका हुन्छन् । त्यसैले, गुराँसमा सौन्दर्य मात्र होइन, पौष्टिकता पनि लुकेको हुन्छ ।

गुराँस आयुर्वेदिक औषधिमा प्रयोग गरिँदै आएको एक आयुर्वेदिक औषधीय गुण भएको बिरुवा पनि हो । प्राचीन समयदेखि यसको प्रयोग गरिँदै आएको कुरा आयुर्वेदमा उल्लेख छ । गुराँस मुख्यतः रातो रङमा हुने गरे पनि यो सेतो, नीलो र गुलाबी रङमा पनि पाइन्छ ।

समुद्री सतहको १ हजार ५ सयदेखि ३ हजार ६ सय मिटरको उचाइमा फुल्ने गुराँसको जुस कलेजो तथा मिर्गौलाका समस्याहरू निको पार्न प्रयोग हुँदै आएको छ । गुराँसको जुस मुटु रोगीका लागि पनि निकै उपयोगी मानिएको छ । मुटुमा देखिएका रोगहरू निको पार्न गुराँसको जुस सेवनले सहजता प्रदान गरिरहेको अनुसन्धानमा खुलेको छ ।

गुराँसको जुसमा क्याल्सियमको मात्रा पनि पाइन्छ । यसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाइमा कमी आउँछ । रगत निर्माण र परिचालनमा पनि गुराँसको ठूलो महत्व छ । उच्च रक्तचाप नियन्त्रणका लागि गुराँसको जुस उपयोगी मानिँदै आएको छ ।

गाउँघरमा मानिसको घाँटीमा माछाको काँडा अड्किँदा गुराँस वा यसको जुस खुवाएर माछाको काँडा घाँटीबाट निकाल्ने गरिन्छ । यसका लागि गुराँसको फूललाई घाममा सुकाएर राखिन्छ । पहाडका हरेक घरका छानामा गुराँसको फूल यही प्रयोजनका लागि सुकाएर राख्ने गरिएको हुन्छ ।

धार्मिक मान्यतानुसार गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा र आभाष प्रवेश गर्न पाउँदैन भन्ने विश्वास पनि गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म