Saturday, June 6, 2020
Home प्रदेश प्रदेश ३ सिन्धुपाल्चोकमा चार जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोकमा चार जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना नभएको पुष्टि भएको छ । बाह्रविसे स्वास्थ्य केन्द्रको आइशोलेशनमा वार्डमा तीन र चौतारा अस्पतालमा एकजनालाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएको थियो ।

बुधबार बिहान चारै जनाको रिपोर्ट नेगेटीभ आएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । बाह्रविसे स्वास्थ्य केन्द्रमा बाह्रविसे नगरपालिका ७ की रेणु विक र उनको बहिनी सुस्मा विक र सोही नगरपालिका २ का रोशन शेर्पालाई चैत १७ गते कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

रेणु र रोशन दुवै विदेशबाट आएका थिए भने सुस्मा भने रेणुसँगै भएकाले उनलाई पनि आइशोलेसनमा राखिएको बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डाक्टर सिर्जना महर्जनले जानकारी दिए ।

त्यस्तै चौतारा अस्पतालको आइशोलेसन वार्डमा भर्ना गरिएको लिसंखुपाखर गाउँपालिका ७ की सुनमाया तामाङको पनि रिपोर्ट नेगेटीभ नै आएको छ । तामाङ पनि ओमनबाट गएको चैत १ गते नेपालमा आएकी थिइन । उनको श्रीमान र छोरा छोरीलाई पनि क्वारेन्टाइनमा राखिएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अब सिन्धुपाल्चोकमा कोरोना आशंकामा कोही पनि विरामी आइशोलेसनमा नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । क्वारेन्टाइनमा भने केही स्थानीयलाई राखिएको ढकालले जानकारी दिए । यसअघि बाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रमा राखिएको तिनै जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

(Visited 77 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)