खतरामा मानव अस्तित्व !

मानिसले प्रकृतिमैत्री काम गर्न बिर्सिएपछि प्रकृति पनि मानिसअमैत्री हुनथालेको छ । यसको जवाफदेही स्वयं मानिस नै हो । यसले पृथ्वीको सिंगो पर्यावरण बिथोलेको छ । प्राकृतिक विपद् र महामारीको उद्भव र उत्सर्जन मात्र होइन, पछिल्लो समयमा महिलामा डिम्बाशय उत्पादनमा कमी र पुरूषमा शुक्रकिटको कमी हुँदै गइरहेको छ ।

बिरुवामा पनि यही प्रक्रिया लागू भइरहेको छ । जनावरमा डिम्ब र शुक्रकिट शेचन तथा बिरुवामा पराग र डिम्ब शेचन प्रक्रियामा निकै निष्क्रियता आउन थालिसकेको छ । मानिसमा चर्को तनाव, रोजगारीको खोजी, एन्टिसेप्टिक औषधिको प्रयोग, ग्लोबल वार्मिङ र यसले पारिस्थितिक प्रणालीमा ल्याएको उथलपुथलले यसमा नकारात्मक बल दिइरहेको छ ।

उता, वैश्विक ढाँचामा ढलिसकेको छ । मानिसको प्रकृति, मिश्रित नश्ल, शैली र खानपिन एउटै हुनथालेको छ । यसका कारण एउटै प्रकृतिको महामारीले पनि मानिस सखाप हुने देखिन्छ । कोभिड–१९ ले पनि यस्तै प्रकृतिको संकेत दिएर औंला ठड्याइसकेको छ । कतै मानव जाति पनि डाइनोसरजस्तै एकैपटक लोप हुने त होइन भन्ने प्रश्न उठिरहेको छ ।

यस अतिरिक्त बाह्य कारण पनि उत्तिकै सम्भाव्य र भयावह देखिन्छन् । बेलाबेलामा आकाशबाट भीमकाय उल्का पिण्ड खस्ने र छलिएर हराउने गरिरहेका छन् । अनुसन्धाताले यस्ता उल्का पिण्डको आकस्मिक वर्षालाई मानव जातिको अगाडि एक भयानक खतरा, जसले मानवको सिंगो कथा नै सिध्याउनसक्ने डरलाग्दो संकेत गरिरहेका छन् । अनुसन्धानका क्रममा वैज्ञानिक लुइस र वाल्टर एवारेजले डाइनोसर उल्का पिण्डका कारण लोप भएको तथ्य पत्ता लगाएका थिए ।

मानिस लोप हुनसक्ने अर्को कारकमा रासायनिक मलखादको प्रयोगलाई लिइएको छ । रासायनिक मलखादको प्रयोगका कारण समुद्रमा रहेका लाखौं प्रजातिका जलचर प्राणी दैनिक असंख्य मात्रमा लोप भइरहेका छन् । यो जीव तथा वनस्पति जीवनका लागि डरलाग्दो यथार्थता हो । प्रत्येक दिन पृथ्वीमा लाखौं टन रासायनिक मलखाद प्रयोग गरिन्छ ।

विज्ञान तथा प्रविधिको विकास र सदुपयोगका कारण मानिस अरू कुनै पनि जीवले सहजै हराउन नसक्ने जीवमा परिणत हुँदै गइरहेको छ । मानव जीवनका लागि यो उत्तम र सुरक्षित भए पनि अरू जीव वनस्पतिका लागि घातक कुरा हो । यो पारिस्थितिक प्रणाली र जीवनचक्रविपरीत कुरा हो । यसले मानवलाई नै असर गर्छ ।

मानिस प्रकृतिप्रदत्त उत्पादन हो । त्यसैले प्रकृति नरहेमा मानव जीवन रहन सम्भव नै छैन । मंगल ग्रहमा मानव नहुनुको कारण त्यहाँ प्रकृति नरहनु हो । पृथ्वीमा यसरी नै मानवमैत्री वा जीव वनस्पतिमैत्री वातावरण नष्ट हुने हो भने मानव रहने सम्भावना नै समाप्त हुन्छ ।

मानिसले जैविक तथा वानस्पतिक विविधताको विनाश गरेर आफ्नो प्रजातिको महासंकट निम्त्याइरहेको छ । सन् २००३ मा समुद्रमा माछा पाइन छाड्नेछन् । कैयन् वनस्पति र जीवका प्रजाति लोप भइसकेका हुनेछन् । यसले कोरोनाभन्दा भयानक महामारी सिर्जना गर्ने देखिन्छ । उस्तै परे सिंगो मानव जाति नै सखाप हुने देखिन्छ ।

विज्ञान र प्रविधिको विकाससँगै मानिस लोभी, अहङ्कारी र मैमत्त हुनपुगेको छ । घातक अस्त्रहरू निजी प्रयोजनार्थ व्यक्तिका हातमा पुगिरहेका छन् । विकसित मुलुकका ल्याबमा डरलाग्दा भाइरस निर्मित र विकसित भइरहेका छन् । पृथ्वी सिध्याउने बमहरू पृथ्वीमै भण्डारण गरिएका छन् ।

दुनियाँ अहिले अन्तरिक्षतिर फर्किएको छ । मंगल ग्रहमा पुग्न हतार छ । चन्द्रमामा बस्ती बसाउन प्रतिस्पर्धा छ । आकाश कब्जा गर्ने होड छ । पृथ्वी एक प्रयोगशाला हुनपुगेको छ । प्राकृतिक तथा जीवनोपयोगी साधनस्रोत र ऊर्जा आकाशमा उडाउन तल्लीन छन् । परमाणु बम परीक्षणको होड चलिरहेको छ अहिले । परमाणु बम मान्छे मार्नका लागि मात्र निर्माण भएको हो ।

यी सबै कुरामा सतर्क भएनौं भने मानिसको विनाश अवश्यम्भावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी