चिरन्जिबीले ल्याए ‘बहादुर शाह’

काठमाडौं । राष्ट्र एकिरणमा महत्वपूर्ण योगदान दिएका पात्र बहादुर शाह’bout तयार गरिएको उपन्यास ‘बहादुर शाह’ सार्वजनिक गरिएको छ । पब्लिकेसन नेपाञ्लयले नयाँ पुस्तक बहादुर शाह प्रकाशन गरेको छ । तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ छ ।

राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले यो पुस्तक लेखेका हुन् । गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाह’bout पुस्तक लेख्ने वाग्ले स्वयं पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।

वाग्लेको कथनमा नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् । यस्ता विविध कुरा पुस्तकमा समेटिएको लेखक वाग्लेले बताएका छन् ।

‘पिता पृथ्वीको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई यिनले नै निरन्तरता दिएका थिए । आफ्नो नायबी कालमा बहादुर शाहले नेपालको नक्सालाई पूर्वमा टिष्टा नदी र पश्चिममा कांगडासम्म फैलाउन सफल भएको देखिन्छ ।’ पुस्तकमा समेटिएको विषय’bout वाग्लेले भने,‘तर, दरबारभित्रको षड्यन्त्रकै सिकार भई युवा अवस्थामै रहस्यमय मृत्यु भएका बहादुर शाहको अन्त्यसँगै नेपालको राज्य विस्तार पनि थामियो । दरबारभित्र हत्या हिंसा र षड्यन्त्रको शृंखला पनि बाक्लियो र नेपालको सिमाना खुम्चिन पुग्यो र राज्य कमजोर बन्दै गयो ।’

बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादनका कारण बल्ल सार्वजनिक भएको पनि उनले बताएका छन् ।

‘नेपालका कतिपय ऐतिहासिक पात्रहरूलाई गैरआख्यान पुस्तकमा पढ्दा लेखकीय आग्रहको झलक पनि भेट्दै आएको थिएँ,’ वाग्ले भने,‘म साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले आफूले जानेकै विधाबाट उपन्यासमार्फत बहादुर शाहको कथा प्रस्तुत गर्ने जमर्को गरेको छु ।’

‘मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो,’ वाग्लेले भने, ‘त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ ।’

लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।

‘बहादुर शाह’ले नेपाञ्लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपाञ्लयबाटै प्रकाशित छ । यो भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित उपन्यास हो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार