मुलुकका १११ हलबाट चलचित्र ‘अगस्त्य च्याप्टर १’

काठमाडौं । आज शुक्रबारबाट नेपाली चलचित्र ‘अगस्त्य च्याप्टर १’ नेपाल सहित विभिन्न देशबाट रिलिज हुने भएको छ । यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको छ ।

सौरभ चौधरी निर्देशित यो चलचित्र एक्सन क्राईम जनरामा निर्माण भएको छ । आफ्नो चलचित्रले मुलुकका १११ सिनेमा हलमा २५९ पाएको निर्देशक चौधरीले जनाएका छन् ।

यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रको बिहिबार बेलुका ललितपुरमा प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रले सकरात्मक प्रतिक्रिया पाएको पायो । नेपालको तराई भेगबाट अपहरण गरेर भारतमा लगी फिरौती माग्ने कथामा केन्द्रित यो चलचित्रले नेपाल भारतको सिमा क्षेत्रमा मौलाईरहेको अपराधलाई प्रस्तुत गरेको छ । चलचित्रमा अभिनेता सौगात मल्ल र नाजिर हुसेनले २० केजीसम्म तौल बढी र घटी बनाएको देख्न सकिन्छ ।

यो चलचित्र नेपालसँगै शुक्रबारबाटै अमेरिका, बेलायत, जापान, कोरिया, हङकङ, थाइल्यान्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड जस्ता देशमा पनि रिलिज गर्न लागिएको निर्देशक चौधरीले जनाएका छन् ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता भएको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन