काठमाडौं । सोमबार बिहान कमलपोखरीस्थित रसियन हाउसमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभा थियो । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम थियो । सो प्रतिष्ठानका पदाधिकारी प्रधानमन्त्रीको प्रतीक्षामा थिए । एक्कासी सो कार्यक्रममा प्रधानमन्त्री नआउने खबर आयो । राजनीतिक संकटका कारण प्रधानमन्त्री दाहाल उपस्थित हुन नसक्ने खबर आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री किरातीले १४औं प्राज्ञसभा उद्घाटन गरे । उनी पनि आफू केही घण्टाका लागि मात्र मन्त्री हो भन्दै थिए ।
आफू आजैबाट मन्त्रीको पदमुक्त हुने अवस्था रहेको बताउँदै १३ महिनामा आपूmले नेपाली कला संस्कृतिको विकासका लागि ल्याकतले भ्याएसम्म काम गरेको छु भने । नेपालका तीनवटै प्रज्ञा प्रतिष्ठानको भूमिका अझ ससक्त हुनुपर्ने मन्त्री किरातीले बताएका छन् । उनले मौलिक संस्कृतिको जगेर्नामा ध्यान दिनुपर्ने बताउँदै भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समाजको खास प्रतिनिधित्व गर्ने गीत संगीत र नाट्य के हो, कुन–कुन हुन् र कसरी गर्नुपर्छ त्यसको गहिरो अनुसन्धान गर्नुपर्छ ।’ मौलिक नेपाली संगीत, नाट्य, कलाको विश्वले चिन्नेगरी खोज अनुसन्धान गर्नुपर्ने अभिभारा यस प्रज्ञा प्रतिष्ठानको भएको मन्त्री किरातीले बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मौलिक संस्कृतिको क्षेत्रमा अहिलेको टिमले राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘नेपाल गणतन्त्रात्मक मुलुक भएसँगै एउटै भाषा एउटै भेष भन्ने भाष्य परिवर्तन भएको छ । देशका सबै भाषा, कला संस्कृतिलाई समृद्ध पार्र्दै प्रज्ञा प्रतिष्ठानको नीति तथा कार्यक्रममा समेत यसलाई महŒवका साथ समावेश गर्नुपर्ने आवश्यकता अहिलेको हो ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले अहिले धेरैले तीनवटै प्रज्ञा प्रतिष्ठानको कामको महŒव नबुझेको बताए, ‘यस्तो अवस्थामा सबैभन्दा पहिला हामीले हाम्रो प्रज्ञा प्रतिष्ठानको काम के हो ? भनेर आमजनमानसलाई बुझाएर आफ्नो अस्तित्व जोगाउन आवश्यक छ ।’ उनले ज्ञानको खोज तथा अनुसन्धान गर्नु भनेको प्रज्ञा भएकाले कला संस्कृतिलाई समृद्ध बनाउन नेपाली मौलिक कला संस्कृतिको जरासम्म पु¥याउने काम गर्नु पर्ने उनले बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले कार्यक्रममा सबैलाई स्वागत गर्दै अहिलेको अवस्थामा धेरै कुराको अभावबीच पनि आपूmहरूले प्रतिष्ठानबाट काम गरेको बताए, ‘हामीसँग विविध कार्यक्रम प्रस्तुत गर्ने हलसमेत छैन । धेरै कुराको अभावबीच पनि हामीले नेपाली संगीत नृत्य एवं नाटकको प्रवर्धनमा काम गर्दै आएका छौं ।’
सो प्रज्ञा सभालाई सम्बोधन गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सहकार्य र समन्वयमार्फत कला र संस्कृतिको जगेर्नामा तीन प्रज्ञा प्रतिष्ठानसँगै अघि बढ्ने बताए ।
सदस्य सचिव कुश्मा महराले आफूहरूले एक वर्षमा गरेको विभिन्न कामको जानकारी गराउँदै प्रतिष्ठानको भावी योजना’bout प्रकास पारिन् ।
यस्तै, नेपाल संगीत तथा नाट्यप्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले कार्यक्रमलाई सम्बोधन गदै आफू भाषणभन्दा काममा विश्वास गर्ने बताइन् । उनले प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रम र अनुसन्धानात्मक कार्यहरू निरन्तर गर्दै जाने अवगत गराइन् ।
उद्घाटन समारोहबीच सो प्रतिष्ठानको १४औं प्राज्ञसभा अबेर साँझसम्म चलेको थियो । सो सभाले आगामी एक वर्षका लागि प्रतिष्ठानले गर्ने विभिन्न कार्यक्रम र योजनाहरू पारित गरेको सदस्यसचिव महराले राजधानीलाई जानकारी गराइन् ।