दोस्रो कर्णाली चलचित्र कार्यशालामा भुवन केसीको मास्टर क्लास

काठमाडौं । यही २३ फागुनबाट २९ फागुनसम्म दोस्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । कर्णालीमा चलचित्रसम्बन्धी गतिविधि बढाउनुका साथै दक्ष सिनेकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिको आयोजक पक्षले जनाएको छ । आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले कार्यशाला विशेष हुने जानकारी गराएका छन् । उनका अनुसार कर्णालीमा यसअघिको कार्यशालाले केही सिनेकर्मीलाई जन्माएपछि दोस्रोपटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।

यो कार्यशालामा यसपटक चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । उनले कर्णालीमा चलचित्र निर्माण तथा विकास’bout चलचित्र विकास बोर्डको योजना’bout प्रकाश पार्नेछन् । यस्तै, चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशन’bout विशेष क्लास दिनेछन् ।

चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको प्रशिक्षण दिने छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिने छिन् र सञ्चारकर्मी तथा मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् । कार्यशालामा छायांकन र सम्पादनसम्बन्धी पनि प्रयोगात्मक कक्षा हुने अध्यक्ष खड्काले जनाएका छन् ।

यो कार्यशालामा सहभागी विधार्थीले तीनवटा वृत्तचित्र र तीनवटा लघु चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी गराएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकास बोर्ड सहआयोजक रहेको यो कार्यशालामा विद्यार्थीले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् ।

पहिलो कार्यशाला २०७९ असारको दोस्रो सातासुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी वैदेशिक कोर्स सिकाइएको भने यसपटक प्रयोगात्मक एडभान्स कोर्स सिकाउने उनले बताएका छन्, ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,’ अध्यक्ष खड्काले भने ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै