सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादी केन्द्रतर्फका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस-माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । शाह नेपाली कांग्रेसका हुन ।

बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् । मुख्यमन्त्री शाहले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् ।

सुदूरपश्चिममा नाउपा र नेकपा (एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले मङगलबार पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको ’boutमा जानकारी दिए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता