धनगढीले गर्‍यो ३२०३ घरपालुवा पशुचौपायालाई ‘ट्यागिङ’

धनगढी । कैलालीको धनगढी उपममहानगरपालिकाले घरपालुवा पशुचौपायाको पहिचान गर्न ट्याग लगाउने कार्य अघि बढाएको छ । घरपालुवा पशुचौपायाको उपयोग पछि सडक तथा जंगलमा छाडा छाड्ने प्रवृत्ति नियन्त्रण गर्न धनगढी उपमहानगरपालिकाले ‘ट्यागिङ’ व्यवस्थालाई अघि बढाएको हो ।

धनगढी उपमहानगरपालिकासहित तराईका प्रायः पालिकामा छाडा पशुचौपाया असाध्य समस्या बनेको छ । प्रायः गाईगोरु पालन गर्ने किसान वा व्यक्तिले गाईले दूध दिन छोडेपछि वा गाईगोरु बुढो, अशक्त भएपछि सडक वा जंगलमा छाडा छाड्ने प्रवृत्ति रहेको छ । छाडा पशुचौपायाका कारण अन्नबालीमा हरेक वर्ष निकै ठूलो क्षती हुने गरेको छ भने सडक दुर्घटनाको एक प्रमुख कारण समेत बन्ने गरेको छ ।

धनगढी उपमहानगरपालिकाले पशुचौपाया छाडा छाड्ने प्रवृत्ति नियन्त्रणका लागि ‘ट्यागिङ’ कार्यलाई विस्तार गरेको जनाएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार हालसम्म ३ हजार २०३ घरपालुवा पशुचौपायामा ट्याग लगाइएको छ । उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डा. समीर ठाकुरले भने– हामीले पशुपालक किसानको घरमै पुगेर पशुचौपायामा ‘ट्यागिङ’ गर्ने गरेका छौ ।

‘ट्यागिङ’ले छाडा छाड्ने प्रवृत्ति नियन्त्रण हुने

पशुशाखा प्रमुख डा. ठाकुरकाअनुसार हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा ९ सय ९४ पशुचौपायामा ट्याग लगाइएको छ । त्यस्तै, वडा नम्बर १८ मा ७ सय २० र वडा नम्बर १९ मा एक हजार १ सय ८९ र फूलबारी गौशालामा रहेका ३०० समेत गरी ३ हजार २०३ गाईगोरुलाई ‘ट्यागिङ’ गरिएको छ ।

‘अबदेखि कसैले पनि आफ्नो पशुचौपाया सडकमा छाडा नछोडुन् भनेर तीनवटा वडामा ‘ट्यागिङ’ कार्य पुरा गरेका छौं, बाँकी वडामा पनि क्रमशः यो कार्य अघि बढाउँछौ’, उनले भने, ‘हामीले तीन वडाका प्रत्येक घरमा पुगेर पशु ‘ट्यागिङ’ गरेका छौँ । त्यसको व्यवस्थित रेकर्ड राखेका छौँ । अन्य वडामा पनि ‘ट्यागिङ’ गर्नुपर्ने माग आएको छ । जथाभावी पशु छाड्ने प्रवृत्ति रोक्न सबै वडामा ‘ट्यागिङ’ गर्ने योजना रहेको छ ।

उपमहानगरपालिकाभित्रका किसानले मात्रै गाईगोरु सडक वा जंगलमा छाड्ने गरेका नभई रातिको समयमा सिमावर्ती भारतीय गाउँबाट समेत बाँझो गाई वा बुढो गोरु धनगढीतर्फ खेद्ने गरेको पाइएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकासँग सिमा जोडिएका गोदावरी र गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाबाट समेत पशुचौपाया धनगढीतर्फ खेद्ने गरेका छन् ।

धनगढीको छ लेन सडक तथा अन्य प्रमुख सडकहरूमा जहातहीँ साना बाच्छाबाच्छीसहित बुढो गाईगोरुको बथान देखिने गरेका छन् । छाडा पशुचौपायाले अन्नबाली नोक्सान गर्ने समस्याबाट वाक्क भएका किसानहरूले गाईगोरु पिटेपछि ठूलै होहल्ला समेत गरिएको, कतिपय घटनामा “पशु अधिकारवादीहरू” ले प्रदर्शन समेत गरेका घटना छन् ।

घरपालुवा पशुचौपायामा ट्याग लगाउने कार्यले छाडा छाड्ने प्रवृत्ति नियन्त्रण गर्न सहज हुने उपमहानगरपालिकाको अपेक्षा छ । पशुशाखा प्रमुख डा. ठाकुरले भने– कोहीकसैले पनि ट्यागिङ गरिएका पशुचौपाया सडक वा जंगलमा छाड्यो भने सहजै पत्ता लगाउन सकिन्छ । त्यस्ता पशुपालक किसानलाई आवश्यक दण्डजरिवाना गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी