को–को बन्दैछन मन्त्री, नारायणकाजी दोहोरिने

काठमाडौं । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन । 

जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् भने नेकपा माओवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय), रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधि मन्त्रालय) दोहोरिन पुगेका छन । परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीको जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुमना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन  । यो अनौपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे