वडा सभापतिविरुद्ध जबरजस्ती करणीको मकवानपुर प्रहरीमा जाहेरी

मकवानपुर । हेटौ‌डा उपहानगरपालिका–६ निवासी ४० वर्षीय रामहरी तिमल्सिनाविरुद्ध जबरजस्ती करणीको उद्योग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ ।

नेपाली काँग्रेस मकवानपुरको हेटौ‌डा–६ को वडा सभापती समेत रहेका तिमल्सिनाले आफ्नो पसलमा सामान किन्न आएकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी प्रयास गरेको पीडितको आरोप छ । जाहेरी दर्ता भए लगत्तै तिमल्सिना फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भन्डारीले बताए । जाहेरी दर्ता भएको ३ दिनसम्म प्रहरीले तिमल्सिनालाई पक्राउ गर्न सकेको छैन ।

हेटौ‌डा १० राप्तिरोडबाट बसपार्कतर्फ पस्ने रोडमा चप्पल जुत्ता पसल सञ्चालन गर्दै आएका तिमल्सिनाले हेटौ‌डा १४ कि ती महिलालाई उनले रोजको जस्तो जुत्ता स्वरुममा रहेकोले हेर्न जाउँ भनेर स्वरुममा पुगेपछी जजक प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

यता नेपाली काँग्रेस मकवानपुर जिल्ला सचिव भिमसेन महतले घटना भएको भनिएको लोकेशन हेर्दा खुल्ला स्थान रहेको र त्यस्तो हुनसक्ने अवस्था नभएको बताउँदै घटनामा राजनीतिकरण भएको हुन सक्ने आशंका गरे ।

प्रहरीले मुचुल्का उठाउँदा आउदा नै पीडित भनिएका पक्षको समर्थकहरु भौतिक आक्रमणमा उत्रेकोले आधारहिन केसलाई राजनीतिकरणतर्फ लागेको उनको दाबी छ । ‘बनिबनाउ केस भएका आशंकामा प्रहरीले पनि जाहेरी दर्ता गरेको थिएन’ महतले भने । प्रहरीले जाहेरी लिन नमानेपछी प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको दबाबमा जाहेरी दर्ता गरिएको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ