कसको नियति कता ?

आने के ही साथ जगत में कहलाया ‘जानेवाला’,
स्वागत के ही साथ बिदा की होती देखी तैयारी,
बंद लगी होने खुलते ही मेरी जीवन–मधुशाला !

सम्पादकीय टिप्पणीको सुरुवातमै विदेशी भाषाको प्रयोग ग¥यो भन्दै महान् राष्ट्रवादी अडान प्रदर्शित नहोस् । सम्पूर्ण नेपाली भाषीले यतिसम्म बुझ्छन् ! प्रचण्ड सरकार ढल्यो र प्रचण्ड सरकार नै बन्यो ! कसरी यस्तो भयो भन्ने कौतूहल र जिज्ञासा सबैतिर छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवैतिरबाट पासा खेले र जिते पनि । दुवैतिर एकैजना भएपछि तिनले जित्ने नै भए र जिते ! यसमा आश्चर्य मान्नै परेन । तर, त्यसभन्दा पनि अब के हुन्छ त भन्ने कौतूहलचाहिँ स्वाभाविक हो । यसको जवाफ पनि सहज छ । यस खेलमा पराजित हुने पनि प्रचण्ड नै थिए र हुन् । यस टिप्पणीको सुरुवातमा कोरिएका सुप्रसिद्ध हिन्दी कवि हरिवंश राय बच्चनको कृति ‘मधुशाला’बाट उद्धृत यी हरफले धेरै स्पष्ट हुन्छ होला । प्रचण्डको पछिल्लो अवतारको अवतरणको लगत्तै बिदाइको समेत जोडतोडले तयारी सुरु भइसकेको छ । नेपालको राजनीतिक परिदृश्यका प्रमुख खेलाडीहरूको निकट नियत र नियतिका ’boutमा थोरै अनुमान गर्न सकिन्छ ।

प्रचण्डका ’boutमा त माथि उल्लेख गरियो नै । चामत्कारिक ढंगले शिखर चुमेका प्रचण्ड, त्यत्तिकै अविश्वसनीय ढंगले ओरालो लागे । संविधानसभाको पहिलो निर्वाचनमा अकल्पनीय जनसमर्थन जुटाउन सफल प्रचण्ड चौथो निर्वाचनसम्म आइपुग्दा नगण्य बन्न पुगे । अब पाँचौं निर्वाचनसम्ममा आफ्नै बलबुत्ताले निर्वाचन लड्ने हो भने अहिले कायम संख्याको आधासम्म पुग्न पनि कठिन छ भन्ने उनी स्वयंलाई थाहा छ । यस अवस्थामा आफ्नो दललाई कसैले बोक्दैन भन्ने पनि उनलाई हेक्का छ । अनि घण्टा र मिनेट नै भए पनि सत्ता आनन्दलाई लम्ब्याउनु नै उनको एक मात्र उद्देश्य रहेको तथ्य अब लुक्ने अवस्थामा छैन । जतिसक्यो सत्ता लम्ब्याउने र पाइएको समयलाई आफ्नो बुढेसकाल सुरक्षित हुनेगरी ‘उत्पादनशील’ बनाउने नै उनको एक मात्र उद्देश्य हुनेछ । जति महिना वा दिन उनी सत्तामा रहन्छन्, प्रत्येक क्षण आफू र आफूप्रति निर्भरहरूको भविष्य सुरक्षित बनाउन दत्तचित्त रहनेछन् । आफ्नो यो ‘पवित्र’ उद्देश्य प्राप्तिमा तगारो हुनसक्ने कोही पनि उनका लागि पाच्य हुन सक्दैन । उनको ‘लात्तीले हानेर निस्कने’ घोषणा यसैको सूचक हो । तर, अब उनी ‘निस्कन’ त सक्ने तर कतै छिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । वास्तवमा आफैं निस्कने होइन, अरूले निकाल्ने अनि बाहिरका कसैले नस्विकार्ने बिन्दुमा पुगिसकेका छन् । प्रचण्डको बाँकी कार्यकालमा जनताले निर्लज्ज नांगो नाच देख्न पाउँछन् होला ।

प्रचण्डको नयाँ आश्रयस्थल अर्थात् एमालेका ’boutमा ‘लुर्स’ नगरे यो चर्चा अधुरो हुनपुग्छ । एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो नियतका ’boutमा कुनै दुविधा छैन । वास्तवमा ओलीको नियत बुझे पुग्छ किनकि एमाले भनेकै फगत ओली हुन् । हाल बनेको गठबन्धन अत्यन्तै क्षणिक हो भन्ने एमालेलाई थाहा छ । यो गठबन्धन जति नाटकीय ढंगले बन्यो, त्यसभन्दा अनौठो पाराले यसको अन्त्य हुन्छ र त्यो अन्त्यको मुख्य कारक आफैं होइन्छ भन्ने एमालेलाई राम्ररी हेक्का छ । मुख्य घटकको सरकारमा भएको हल्का प्रतिनिधित्वबाट नै धेरै कुरा स्पष्ट हुन्छ । अस्थिरता पैदा गर्नु र सरकारलाई हदैसम्म तरल बनाउनु नै उसको उद्देश्य देखिन्छ । यसअघि कांग्रेस–माओवादी समीकरणलाई तोड्नु थियो, तोडियो । त्यस प्रकारको कोसिस साँध्न कांग्रेसलाई पनि चारा हालिएकै हो । अहिले एमालेको चारामा सत्ताकामी पुष्पकमल फसे ! ओलीलाई पुष्पकमल दाहाल थोरै पनि मनपर्ने पात्र होइन । अहिले कायम गठबन्धनको सत्ताकालमा ओलीले प्रचण्डको हदैसम्म तेजोबध गर्नेछन् र पुष्पकमलको राजनीतिक व्यक्तित्वलाई रसातलमा पु¥याउनेछन् । माओवादी र सरकारलाई निचोर्नसम्म निचोरेपश्चात् मुलुकलाई मध्यावधितर्फ धकेल्ने अधिकतम प्रयास हुनेछ । एमालेलाई र ओलीलाई संसद् अल्पावधिमा भंग हुन्छ भनेर स्थापित गर्नु छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ’boutमा धेरै कुरा गरिरहनु जरुरी छैन । स्टन्टबाजीकै ललिपपका कारण कतिपय आशालाग्दा व्यक्तिहरूसमेत फसेको त्यस जमातबाट स्टन्टबाजीको पराकाष्ठा प्रदर्शित हुनेमा शंकै छैन । यो उपक्रम चलिरहँदा आममतदाता मात्र होइन, त्यस पार्टीभित्रकै गम्भीर व्यक्तिहरूमा समेत ठूलो नैराश्यता आउने पक्कापक्की छ । कामुक प्रचारका भरमा सञ्चार क्षेत्रको आडमा स्थापित हुने र एउटा बिन्दुमा पुगेर सञ्चारतन्त्रकै विरुद्ध भड्काउ कुरा गर्ने ! त्यसमाथि स्वयं आफूमा आवश्यक तत्वको भयंकर कमी ! आशालाग्दा एवं भविष्य भएका व्यक्तित्वहरू वैकल्पिक व्यवस्थापनमा लाग्न बाध्य हुनेछन् ।

अन्त्यमा अनायासै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसको कुरा गरौं । कांग्रेसमा ‘शुद्धीकरण’ अभियानले गति लिनेछ । नेता कार्यकर्ता भनेको पार्टीका सम्पत्ति हुन् । तर, कांग्रेसमा सम्पत्तिभन्दा दायित्वहरूको चाङ लागिसकेको थियो । अब ती दायित्व पन्छाउने अवसर आएको देखिन्छ । गह्रुंगा दायित्वहरू हावाहुरीले पन्छाउने र सेरोफेरोका हल्का मसिनाहरू स्वतः पन्छिने वा सुधारिनुपर्ने अवस्था देखापर्दै छ । नियतिले कांग्रेसलाई संवद्र्धनवादी (कन्जरभेटिभ) सांस्कृतिक राष्ट्रवादको कित्तामा धकेलिदिएको छ । यसक्रममा थोरै उथलपुथल स्वाभाविक हो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा