राजविराजमा एकल महिलालाई साडी वितरण

राजविराज । महिला हिंसाको अन्त्य, महिलाको अधिकार सुनिश्चितता र एकल महिलाको उत्थानका लागि सरकारको ध्यानाकर्षण तथा आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रवार यहाँ ¥याली निकालिएको छ ।

एकल महिला आत्मनिर्भरता तथा पुनस्र्थापना केन्द्र सप्तरीको अगुवाईमा हनुमाननगर कंकालिनी नगरपालिकामा ¥याली निकालिएको हो । ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको सचेतनामुलक कार्यक्रम पश्चात हनुमाननगर कंकालिनी नगरपालिकाका ७० जना एकल महिलाहरुलाई केन्द्रको तर्फबाट सहयोग स्वरुप साडी समेत वितरण गरिएको छ ।

हिंसारहित समाजको निर्माण तथा एकल महिलाको जीवनमा सुधार ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको केन्द्र जुही ठाकुरले बताईन् । केन्द्रले अहिले विशेष गरी ग्रामीण क्षेत्रमा महिला हिंसा तथा एकल महिलाहरुको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै