काठमाडौमा राहतलाई व्यवस्थित बनाइदै

काठमाडौ । काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले आफै प्रत्यक्ष सहभागी भएर काठमाडौवासीको दुख सुखमा साथ दिन थालेका छन् । कोरोना भाइरसको महामारी रोक्न सरकारले जारी राखेको लकडाउनका कारण मर्कामा परेका गरिव विपन्न वर्गको घरदैलोमा पुग्दै प्रशासकीय अधिकृत अर्याल र सिडिओ दाहाल आफै राहत वितरण कार्यमा सरिक हुन थालेका हुन् ।

यसैक्रममा उनीहरुले काठमाडौको वार्ड नं ३१ को जागृतिनगरमा पुगेर राहत वितरण समेत गरेका छन् । लकडाउनको अवधिमा काठमाडौ महानगर भित्र भएका अति विपन्न, असहाय, र दैनिक ज्यालादारी गर्नेले मापदण्ड अनुसार राहत पाए नपाएको सम्वन्धमा समेत प्रमुख प्रशासकिय अधिकृत अर्यालले अनुगमन र निरिक्षण थालेका छन् ।

अर्यालले यस्तो संकटको अवस्थामा नागरिकको सुखदुखमा प्रत्यक्ष साथ दिनु सरकारको कर्तव्य भएको बताए । उनले महानगरमा वितरण हुने राहतलाई पारदर्शी र व्यवस्थित बनाउनु पर्ने आवश्यकता औल्याए । ‘महानगर सबैको घर घरमा पुगेको अनुभूति आम जनताले गर्ने गरि काम गरिने उनले बताए । अर्यालले यस्तो अवस्थामा हुनेखानेले राहत लिन नहुने र उनीहरुले गरिब विपन्नलाई सहयोग गर्नुपर्ने बताए ।

प्रमुख प्रशासकिय अधिकृत अर्यालले काठमाडौका सबै वार्डहरुमा गरिव विपन्नलाई राहत पु¥याउन महानगरले विशेष ध्यान दिने बताए । महानगरबाट प्रदान गरिएको राहत नागरिकले मापदण्ड अनुसार पाए नपाएको ’boutमा नियमित रुपमा अनुगमन जारी राखिने उनले जानकारी दिए । महानगरको ३१ नं वडाले हाल सम्म ३ हजार २ सय परिवारलाई राहत वितरण गरेको छ । महानगरलाई विभिन्न संघसंस्थाबाट राहतका लागि खाद्यन्न लगायतका सामाग्रीहरु सहयोग स्वरुप प्राप्त भइरहेका छन्।

काठमाडौ महानगरमा वितरण भइरहेको राहतको निरिक्षण तथा अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याललगायत सिडिओ दाहाल, प्रदेश सभा सदस्यहरु गणेश दुलाल र राजेन्द्र गुरुङ, महानगरका सहसचिव राजेश्वर ज्ञावली लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी