सुनसरीमा ट्रकको ठक्कर दिँदा काका-भतिजको मृत्यु

सुन्दरहरैचा । सुनसरीको खनारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी १२ रिलायन्स मिलस्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश -१-०२-००१ क ३९७८ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको प्रदेश (१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई मोरङको बेलबारी ८ का बिपन दाहाल र ६ बर्षीय भतिज अबि दाहालको मृत्यु भएको सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

शुक्रबार दिउँसो अन्दाजी २ बजेको समयमा सुनसरीको ईटहरी १२ रिलायन्स मिलस्थित कोशी लोकमार्गमा ठक्कर दिएको थियो। ट्रक चालक ईटहरी २ बस्ने बर्ष ३० को प्रदिप कोईरालालाइ इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटना ’bout थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने मोरङको बिराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई NITRAVET- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा