दैलेख महोत्सवमा खुमन अधिकारीको प्रस्तुतिमा झुमे दर्शक

दैलेख । लोकप्रिय गायक खुमन अधिकारीको गीतमा दैलेखी दर्शक झुमेका छन् । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा दैलेखको काडाचौरमा संञ्चालन भएको दैलेख महोत्सवमा हजारौंको संख्यामा संगीतप्रेमी उपस्थित थिए ।

शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित अधिकारीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए ।लोकप्रिय गायक अधिकारीका गीतहरु दर्शकले प्रत्यक्ष सुन्ने अबसर पाए । उनले उक्त दैलेख महोत्सवमा आफ्ना नयाँ पुराना गीत प्रस्तुत गरेका थिए ।आफ्ना हिट गीतमार्फत उनले डेढ घण्टा प्रस्तुति गायक अधिकारी दिए ।

देश बिदेशमा चर्चा कमाउन सफल गायक खुमन अधिकारीको शनिबारीय प्रस्तुतीले दर्शकमा निकै उत्साह थपिएको थियो । गायक अधिकारीले रुवायो एउटैले, तिम्रो घरमा नौमती बजाउदा, सिलाई देउला भोटो, कलाप कोर्ने काईयो, भन्ने गर्थे बाबाले, रुमाल चिनो लैजाउ बैनालाई,देख्म मन लाको छैन, स्याङ्जाली लाई नभन जाली लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।लोक दोहोरीको क्षेत्रका अब्बल गायक अधिकारीको प्रस्तुतिसँगै महोत्सवको रौनकता पनि बढेको सांस्कृतिक संयोजक कुमार प्याकुरेलले बताए ।

जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आयोजनामा गरिएको दैलेख पर्यटन महोत्सवमा लोकदोहोरी, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पूरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचिब प्रकाश पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए