Sunday, June 7, 2020
Home राजनीति सांसद प्रभु साहले आफ्नो क्षेत्रका स्थानीय तहलाई दिए स्वास्थ्य सामाग्री

सांसद प्रभु साहले आफ्नो क्षेत्रका स्थानीय तहलाई दिए स्वास्थ्य सामाग्री

रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई आज स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएकोले स्थानीय तहलाई सशक्त बनाउन पूर्वघोषित वाचा पूरा गर्दै सांसद साहले निजि खर्चबाट सामाग्री उपलब्ध गराएका हुन् ।

सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहमध्ये बुधबार ४ वटा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराए । सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान ल्ढछ मास्क, १०० वटा सर्जिकल ग्लब्स, २ सेट पिपिई र ५÷५ लिटरको एउटा र आधा लिटरको ५ वटा सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् ।

उनको निर्वाचन क्षेत्रमा पर्ने फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले उक्त सामाग्रीहरु बुझिसकेको छ भने मौलापुर नगरपालिका र कटहरीया नगरपालिकाले भोलि प्राप्त गर्नेछ ।
बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेकोले आफुले सानो सहयोग गरेको सांसद साहको प्रतिक्रिया छ । सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराएका नेता साहप्रती स्थानीय तहहरुले धन्यवाद ज्ञापन गरेको छ । सबै मिलेर मात्र कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सकिने भन्दै हातोमालो गर्न सांसद साहले सबैमा अपील गरे ।

रौतहट मौलापुरका स्थानीय रामजन्म पासवानले संकटममा नै नेतृत्वको पहिचान हुने बताए । जनताको नेता संकटमा पनि जनताको समस्या समाधान गर्दै अगाडी बढने तर भाषण मात्रै गर्ने नेता संकटको बेला लुकेर बस्ने गरेको उनले बताए ।

‘संकटमा नै नेतृत्वको सहि पहिचान हुन्छ, चुनावमा ठूल ठुला भाषण दिने कयौ नेताहरू आज कल हराएकाछन् । बहाना पाएकोछ लकडाउन । हो साच्चिकै लकडाउनमा भौतिक शशिर कैद हुन्छ तर दिमाक होईन । सहि नेतृत्वलाई कुनै बहानाले रोक्न सकदैन’ पासवानले भने, ‘सांसद प्रभु साह यसको जवलंत उदाहरण हुन । वहाँ लकडाउनमा काठमाडौंमा हुनूहुन्छ तर प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रको कुनै काम अहिले सम्म रोक्याछैन ।’

कोरोना महामारीको संत्रासमा कुशल नेतृत्व दिदैआज मात्रै प्रभु साहले रौतहटको कयौ स्थानीय तहहरूलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोमा पासवानले धन्यावाद दिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय तहलाई स्रोत साधनको उपलब्धताको हिसाबले सशक्त बनाउने प्रयास निश्चित रूपमा सराहनीय रहेको बताउँदै उनले बजेटको प्रतीक्षा गर्ने अरु सांसद ज्यूहरूले पनि प्रभु साह संग सिक्नुपर्ने बताए ।

(Visited 42 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)