निर्माताको रुपमा बोक्सीको घर बनाइन केकी अधिकारीले

काठमाडौं । यस अघि नायिकाको रुपमा काम गर्दै आएकी अभिनेत्री केकी अधिकारी यतिबेला चलचित्र निर्माता भएकी छिन् । उनले निर्माण गरेको चलचित्र बोक्सीको घर आगामी जेठको दोश्रो साता रिलिज हुने भएको छ ।

उनले नाटक ‘बोक्सीको घर’लाई चलचित्रको रुपमा निर्माण गरेकी छिन् । यो नाटकलाई ८ वर्ष अघि सुलक्षण भारतीको निर्देशनमा मण्डला थिएटरमा मञ्चन गरिएको थियो । त्यतिबेला यो नाटकमा कलाकार सरिता गिरीले एकल अभिनय गरेकी थिईन् । यो नाटकमा उनले सात वटा भूमिका एक्लै निर्वाह गरेकी थिईन् ।

त्यही नाटकलाई सुलक्षणकै निर्देशनमा यतिबेला चलचित्र बनाईएको छ । यो चलिचत्रको मुख्य नायिका र निर्माताको रुपमा केकी अधिकारी रहेकी छिन् । यो चलचित्रबाट केकी नेपाली रजतपटमा निर्माताको रुपमा समेत प्रस्तुत भएकी छिन् । पछिल्लो समय नाटकलाई फिल्म बनाउने क्रम बढेको बेला केकीले पनि बोक्सीको घर नाटकलाई चलचित्रको रुपमा निर्माण गरेकी हुन् ।

यसैबीच नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर यो चलचित्रको टिजर शुक्रबार रिलिज गरिएको छ । चलचित्रको टिजरमा बोक्सी जस्तो कुप्रथालाई प्रस्तुत गरिएको छ । समाजमा बोक्सीले विभिन्न अपराधिक कार्य गर्छन भन्नेकुरा यसको टिजरमा देखाईएको छ । बोक्सीको रुपमा अभिनेत्री केकीलाई टिजरमा देखाइएको छ । बोक्सीको रुपमा उनी पनि समाजले दिएको यतना पनि टिजरमा प्रस्तुत छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो चलचित्रको निर्मातामा केकीसँगै उनका बुबा बद्री अधिकारी र कार्यकारी निर्मातामा राज घिमिरे रहेका छन् । बोक्सीको घरमा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मस्ले यो सिनेमालाई वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो