उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यादवसँगै अब मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि विस २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित