सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले छ जना महिला उद्यमीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

वर्कसप सञ्चालन गर्दै आएकी रामकुमारी राई, नाङ्लो बनाउँने व्यवसाय गर्दै आएकी योजना राई, किराना पसल सञ्चालक अञ्जना राई, होटल व्यवसायी लिलाकुमारी राई र सिलाईकटाई व्यवसाय गर्दै आएकी जीवनकुमारी राईलाई सम्मान गरिएको छ । त्यस्तै, नमुना कृषि तथा पशुपालन समितिको तर्फवाट अध्यक्ष कृष्णकुमारी राईलाई पनि सम्मान गरिएको छ ।

नाङ्लो बनाउँने काम गर्दै आएकी योजनालाई मापदण्डको उत्कृष्टताका आधारमा नगद १५ हजार प्रदान गरिएको छ भने अरुलाई जनही १२÷१२ हजार नगद प्रदान गरिएको छ । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की लगायतले उनीहरुलाई दोसल्ला ओढाई नगदसहित प्रमाणपत्र प्रदान गरेर सम्मानित गरे ।

व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमी÷व्यवसायीहरुलाई प्रोत्साहनका लागि नगदसहित पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । सहिदभूमि गाउँपालिकाले हरेक बर्ष महिला दिवसमा विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता