उदयपुरको दुर्घटनामा ईलामका युवाको ज्यान गयो

Exif_JPEG_420

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित होक्सेमा सवारी दुर्घटना हुँदा ईलामको एक युवाको ज्यान गएको छ । मदन भण्डारी लोकमार्ग अन्र्तगत गाईघाट–नेपालटार खण्डको सडकमा बिपरित दिसाबाट आएको यात्रु वाहक बसले सोमवार बिहान मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम सुर्योदय नगरपालिका– ११ का २३ वर्षिय प्रदित राईको उपचारको क्रममा ज्यान गएको हो ।

कटारीबाट धरानसम्म आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रु वाहक बसले ईलामबाट काठमाण्डौ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४६७ नम्बरको एनएस मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका सुर्योदय नगरपालिका– ११ का २३ वर्षिय प्रदित राईको जिल्ला अस्पताल बोक्सेमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनास्थलमा गम्भीर घाईते राईको उपचारको क्रममा उदयपुर अस्पतालमा ज्यान गएको हो । झापाली राईडर लेखिएको स्टिकर रहेको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएका छन । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित