पुसदेखि ठप्प, निर्माणको सुरसार नै छैन

खोटाङ । जिल्ला अस्पताल खोटाङको ५० शøयाको भवन निर्माणको काम ठप्प भएको छ । निर्माण कम्पनी श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभी काठमाडौंले गत पुस २४ गतेसम्ममा सक्नुपर्ने अस्पताल भवन निर्माणको काम दुई महिनादेखि ठप्प भएको हो ।

गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प भएको जिल्ला अस्पताल खोटाङका डा. रूपेश संग्रौलाले बताए । जिल्ला अस्पताललाई २५ देखि ५० शøयामा स्तरोन्नत्ति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार १५ शøयाको जिल्ला अस्पतालका लागि ५० शøयाको भवन निर्माण सुरु गरिएको थियो । ‘अस्पताल भवन निर्माणको काम गतिका साथ काम भइरहेको थियो तर भुक्तानी नभएर हो वा अन्य कारणले हो पुसदेखि ठप्प छ,’ डा. संग्रौलाले भने, ‘यसबीचमा एक÷दुई दिन प्लास्टर गरे । एक ट्याक्टर बालुवा थुपारेको थियो ।’

श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो । सम्झौताअनुसार गत पुस २४ गते भवन निर्माणको म्याद नाघिसकेको छ । आयोजनाका लागि थप १५ महिना म्याद थप भएको बताइएको छ । ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको भएको चारतले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो । कामलाई निरन्तरता दिनका लागि फोन गर्दा निर्माण व्यवसायी बाबुराम कटवाललको मोबाइल अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

‘ठेकेदारलाई धेरैचोटि फोन गरिसकें । मोबाइल स्विच अफ छ,’ प्रमुख राईले भने, ‘भुक्तानी नभए हो कि के भएर हो काम ठप्प देखिन्छ । कामदारले पनि पैसा पाएको छैन, हामीलाई गुनासो पोख्न थालिसक्यो ।’

२०४९ साल वैशाख १ गते स्थापना गरिएको अस्पतालमा स्थापना कालमा डा. प्रकाश विष्टले सेवा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी