Sunday, June 7, 2020
Home Breaking News अझै छैन स्थानीय तहमा स्वास्थ्यजन्य सामग्री

अझै छैन स्थानीय तहमा स्वास्थ्यजन्य सामग्री

केन्द्र सरकारद्वारा उपेक्षा गरेको गुनासो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक मानिएको स्वास्थ्यजन्य सामग्रीहरू अझै स्थानीय तहका स्वास्थ्य संस्थाहरूको पहुँचमा पुग्न सकेको छैन । सरकारले स्वास्थ्यजन्य सामग्री खरिद गरेको बताए पनि जिल्लास्तर अस्पताल, स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा ती सामग्री पुगेको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय तहको भूमिका महŒवपूर्ण मानिन्छ । स्थानीय सरकार मातहतका स्वास्थ्यका कर्मचारी र महिला स्वयंसेविका जोखिम मोलेर काम गरिरहँदा लकडाउन भएको दुई साता बितिसक्दा अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको गुनासो गर्छन् । सरकारसँग पटकपटक माग गर्दा समेत स्थानीय तहले पर्याप्त मात्रामा स्वास्थ्यजन्य सामग्री पाउन नसकेको जनप्रतिनिधिको दुखेसो छ ।

विदेशबाट फर्किएकाको तथ्यांक अद्यावधिक मुख्य चुनौती

मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्म ‘कोरोना संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) संरचनाको सञ्जाल निर्माण गरिएको छ । तर, वडास्तरसँग प्रदेश सरकारले समन्वय गरेको पाइएको छैन ।

तुलसीपुर उपमहानगरपालिका–६ वडाका जनप्रतिनिधि सुवास डिसीका अनुसार सरकारले स्थानीय तहमा पर्याप्त मात्रामा स्वास्थ्यजन्य सामग्री पठाउन सकेको छैन । उनले भने, ‘स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्दै छन् । हामीले पहल गरिरहेका छौं । तर, प्रदेश तथा केन्द्र सरकारको तर्फबाट न मास्क पर्याप्त आएको छ न त सेनिटाइजर नै ।’

सल्यान शारदा नगरपालिका नगरप्रमुख सुरेश अधिकारीले केन्द्र सरकारले कोभिड–१९ सन्दर्भमा आवश्यक समन्वय नगरेको गुनासो गरे । उनले भने, ‘केन्द्र सरकारले पीर्पीई पनि उपलब्ध गराएको छैन । यहाँ सहरी क्लिनिकसहित १२ वटा स्वास्थ्य संस्था छन् । सरकारले हामीलाई उपेक्षा गरेको महसुस गरेको छु ।’

शंकास्पद बिरामीको विवरण राख्ने र केन्द्र सरकारलाई उपलब्ध गराउने, कसैलाई लक्षण देखियो भने समुदायबाट अलग गरी क्वारेन्टाइनमा राख्नेलगायतका काम स्थानीय तहबाट हुँदै आएको छ । अहिले स्थानीय स्वास्थ्य संस्थामा मास्क, सेनिटाइजर, पीपीईको चरम अभाव छ । सिन्धुलीस्थित कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाका अनुसार मागअनुसार स्वास्थ्यजन्य सामग्रीहरू पु-याउन सकिएको छैन । देवकोटाले भनिन्, ‘सर्जिकल मास्क र पीपीईको निकै अभाव छ । दुःखसुख मिलाइरहेका छौं ।’

महिला स्वयंसेविका सुशीला केसीले भनिन्, ‘हामीलाई कोरोना भाइरसको सन्दर्भमा सरकारले खटाउने भनेको सुनें । तर, खोई न मास्क दिएको छ न त ग्लोब्स नै ।’ सरकारी तथ्यांकअनुसार देशभर ५३ हजार बढी महिला स्वयंसेविका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्यजन्य सामग्री प्रदेशस्तरमा पठाइएको बताए । उनले सबै प्रदेशमा स्वास्थ्य सामग्रीहरू आवश्यकताअनुसार पठाइएको जानकारी दिए । प्रदेशमा स्वास्थ्यजन्य सामग्री पुगे पनि स्थानीय स्वास्थ्य संस्थासम्म पुग्न सकेको छैन ।

यसैबीच, स्थानीय तहहरूले विदेशबाट फर्किएकाहरूको प्रभावकारी तवरबाट तथ्यांक अद्यावधिक नगरेको पाइएको छ । जसकारण ‘कन्ट्याक्ट ट्रेसिङ’ सुस्त गतिमा अघि बढेको छ । स्वास्थ्य मन्त्रालयले भने संक्रमितमध्ये सबैको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइसकेको जनाएको छ ।

(Visited 147 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

ई-पेपर

(Visited 35 times, 1 visits today)