धरानमा फिल्म स्टुडियो बनाउने मेयर साम्पाङको चाहना

सुनसरी । आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनाएका छन् । चलचित्र महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद कार्यक्रममा मेयर साम्पाङले यस्तो भनाइ राखेका हुन् ।

‘नेपाली फिल्मलाई सम्बोधन गर्ने गरी म बजेटमा समेट्छु, धरानले फिल्मलाई हे¥यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ । म फिल्म, कला र साहित्यसँग जोडिएको र गम्भीर रुपमा सोच्ने व्यक्ति हुँ’, मेयर साम्पाङले भने, ‘धरानमा फिल्म छायांकनका लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु ।’

कार्यक्रममा बोल्दै उनले अभिनेता हरिवंश आचार्यलाई हाँस्न र बाच्न सिकाउने कलाकारका रूपमा चर्चा गरे, ‘कलाकारलाई माया मोबाइलमा गरेर हैन, हलसम्म पुगेर नेपाली फिल्म हलमै हेर्ने गरौं, यो महाजात्रा पक्कै राम्रो बनेको छ भन्ने मैले विश्वास लिएको छु,’ मेयर साम्पाङले भने ।

आफ्ना’bout मेयरले गरेको चर्चाप्रति धन्यवाद ज्ञापन गर्दै अभिनेता हरिवंश आचार्यले धरानमा चलचित्र बलिदान छायांकनको स्मरण गरे, ‘चलचित्र छायांकनका लागि धरान राम्रो स्थान हो । मेयर साबले भन्नुभए झंै फिल्मकर्मी यहाँ गतिविधि बढाउनेछन् । हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ ।’

यो चलचित्रका अभिनेता विपीन कार्कीले पनि धरानलाई छायांकन स्थलका रूपमा स्थापित गर्न सुझाव दिए । यसो भयो भने पूर्वतिरका छायांकन गर्न सहज हुने बताए । कलाकार रवीन्द्र झाले पनि प्राकृतिक रूपमै स्टुडियोका लागि धरान उपयुक्त स्थान भएको सुझाव दिए । उनले चलचित्र महाजात्रा दर्शकका लागि एउटा पूर्ण प्याकेजको सिनेमा भएको जनाए ।

नायिका वर्षा राउतले पनि लोकेसनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । उनले महिला कलाकारलाई छायांकनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।

फिल्म महाजात्राका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोगभन्दा पनि हातेमालोको अपेक्षा गरेका छौं भने । उनले, फिल्म छायांकनका क्रममा आउँदा लोकेसनदेखि थुप्रै कुरामा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।

प्रदीप भट्टराईको लेखन निर्देशन रहेको यो चलचित्र ९ चैतमा रिलिज हुँदै छ । यसमा हरिवंश आचार्य, विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहनेछ । महाजात्रामा म्याक्स दिपेश खत्री र यज्ञेश्वर पौडेल निर्माता छन् । यसमा पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका जित्दै रेशम चौधरीको दल बन्यो पहिलो