विश्वकप छनोट यात्रा नै चुनौतीपूर्ण, दोषी को ?

काठमाडौं । नेपाली खेलकुदको अभिभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद्कै गैरजिम्मेवारीका कारण विश्वकै सर्वाधिक ठूलो फिफा विश्वकप २०२६ र एसियाली कप छनोटमा नेपालको यात्रा चुनौतीपूर्ण बनेको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २३औं फिफा वल्र्डकपमा पहिलोपटक ३२ बाट ४८ टिम सहभागी हुन लागेका भए पनि नेपालमा भने राखेप र फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघले नै छनोट खेललाई सामान्य रूपमा लिने कमजोरी गरेको देखिन्छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला रग्बी खेल र स्कुलका वार्षिक कार्यक्रमका कारण अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलाउन नहुनेगरी बिग्रिएकाले नेपाल होम एन्ड अवे दुवै खेल बहराइनमा नै खेल्नुपर्ने अवस्थामा पुगेको छ । मूलतः ८ मार्चमा दशरथ रंगशालामा बहराइनसँगको आफ्नो घरेलु खेल आयोजनाको तालिका थियो ।

रंगशालाको जीर्ण अवस्थाले खेल्नका लागि उपयुक्त नभएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले गुनासो गरेपछि नेपाललाई नराम्रो धक्का लागेको थियो । तथापि, सदस्य–सचिवबाट आफ्नो प्रिय खेल रग्बीका कारण विश्वकप छनोट खेल नै बहराइन जानुपर्दासमेत सामान्य नौतिकतासमेत देखाउने काम भएको छैन । उनले आगामी दिनमा मैदानलाई दुरुपयोग गर्न नदिने विषयमा बोल्नसमेत आवश्यकता नठान्नुले नेपाली खेलकुदमा अझै पनि ‘राणाशैली’को अवशेष बाँकी रहेको पुष्टि हुन्छ ।

न्युट्रल जोनमा प्रतियोगिता आयोजनाका लागि एएफसीले प्रस्ताव राखेपछि एन्फाले सुरुमा भुटानलाई विकल्पका रूपमा प्रस्ताव गरेको थियो । तर, बहराइनले आफ्नै दर्शकमाझ दुवै खेल खेल्न पाउने अवसरलाई छोड्ने कुरै भएन । यदि, यही मौका नेपालले पाएको भए पनि बहराइनले जस्तो चलाखी अपनाउन पछि पर्नु हुँदैन थियो । बहराइनले उच्च पहाडी भेगका कारण भुटानमा खेल्न नसक्ने बताएपछि दुवै खेल बहराइनमा हुने निश्चित भएको हो ।

उसो त एन्फाले साउदी अरेबियामा ‘होम गेम’ आयोजना गर्ने प्रयास नगरेको होइन । तर, त्यो पनि असफल भयो । अन्ततः बहराइनले दुवै खेलको आयोजना गर्ने अवसर पाएको छ । समूह ‘एच’मा नेपालले अहिलेसम्म खेलेका दुवै खेलमा हार भोगिसकेको छ । यस्तो अवस्थामा नेपालले होम गेम आफ्नै मैदानमा खेल्दा सहज हुने थियो । नेपाली फुटबल दर्शकको क्रेज भएकाले दर्शकलाई जितका लागि एउटा बलियो आधार बनाउने गरिन्छ । तर, अब विपक्षी दर्शकमाझ नै होम खेल पनि खेल्नुपर्ने बाध्यता बनेको छ ।

नेपाल रहेको समूहमा यूएई, बहराइन र यमनजस्ता शक्तिशाली विपक्षीहरू समावेश छन् । हाल यूएई दुई खेलमा दुई जित हात पार्दै शीर्ष स्थानमा छ भने बहराइन र यमन दुवैले समान खेलबाट २ अंक जोडेका छन् ।

चुनौतीका वाबजुद प्रशिक्षक भिन्सेन्जो अल्बर्टा एनेसले बहराइनविरुद्धको आगामी खेलका लागि नेपाली टोलीको तयारीमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपालले प्रतिकूल परिस्थितिका वाबजुद पनि अवस्था बदल्ने र विश्वकप छनोटमा आफ्नो राम्रो छाप बनाउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई