Monday, June 1, 2020
Home Not-to-be-missed खेलाडी राहत कोषका लागि एनओसीले पहल गर्ने

खेलाडी राहत कोषका लागि एनओसीले पहल गर्ने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले कोरोना भाइरसको महामारीका कारण खेलकुदमा परेको असर, खेलाडी तथा प्रशिक्षकको अवस्थालगायतको विषयमा बुधबार सरोकारवालासँग भिडियो कन्फरेन्स (छलफल) गरेको छ । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले कोरोना भाइरसको महामारीका कारण खेलक्षेत्र प्रभावित भएको बताए ।

उनले खेलाडीले लकडाउनका समयमा सुरक्षित रूपमा घरभित्रै बसेर खेलाडी गतिशीत हुनुपर्ने भए पनि यति बेला भने घरभित्र नै सुरक्षित रूपमा बस्नुको विकल्प नरहेको बताउँदै सम्पूर्ण खेलाडीलाई कसरी घरभित्रै बसेर पनि मानसिक र शारीरिक रूपमा फिट बनाइ राख्ने भन्ने विषयमा एनओसीको ध्यान केन्द्रित भएको बताए ।

सो अवसरमा श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग भएको छलफल र टोकियो ओलम्पिक–२०२० स्थगित भएको प्रसंग र २०२१ मा हुने ओलम्पिकको विषयमा समेत जानकारी गराएका थिए । ‘विश्वव्यापी रूपमा खेलाडी प्रभावित भएका छन् । ओलम्पिकमा छनोट भएका खेलाडी स्कलरसिप पाएका खेलाडीको हकमा ओलम्पिक सरेपछि के हुने भन्ने जिज्ञासा बनिरहेको छ । यसमा आईसओसीले छनोट भएका कायम रहने र छनोट हुन बाँकी भएको खेलमा नयाँ तालिका सार्वजनिक गरेर अगाडि बढ्ने भन्ने छ,’ उनले भने ।

उनले खेलाडीलाई लकडाउनको समयमा पनि आत्मबल बढ्ने खालको मनोवैज्ञानिक परामर्श, घरभित्रै गर्ने फिजिकल अभ्यास र एनओसीले गठन गरेको डाक्टरको प्यानलसँग सम्र्पकमा रहने वातावरण बताउने बताए । उनले लकडाउनका कारण कुनै खेलाडी समस्या परेको भए उनीहरूलाई तत्काल सहयोग गर्ने समेत बताए ।

‘यो चुनौतीको समय कुनै खेलाडीलाई समस्या नआओस् भन्नका लागि राहत कोषको व्यवस्था गर्न समेत हामी अगाडि बढ्नेछांै,’ उनले भने । सो भिडियो कन्फरेन्समा कोभिड १९ र नेपालको खेलकुदको वर्तमान अवस्था र योजना विषयमा छलफल भएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

भिडियो कन्फ्रेन्सिङका माध्यमबाट देशभित्र पहिलो पटक खेलकुद सरोकारवालासँग छलफल भएको हो । द्वारा भएको छलफलमा एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ, महासचिब निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपध्यक्ष पिताम्बर तिम्सिना सहित एनओसीका अन्य पदाधिकारीहरु, ओलम्पियनहरु, चिकित्सक, खेलकुद पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

करिव २ घन्टा लामो छलफलमा लकडाउनको समयलाई मध्यनजर गर्दै उनीहरु संगको सम्पर्क वढाउन एप्स निर्माणका लागि एनओसीले पहल गर्ने भएको छ । त्यसै गरि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीले संयुक्त रुपमा अनुगमन गर्न र खेलाडीको अवस्थामा पहल गर्न सरोकारवालाहरुले सुझाएका छन ।

ओलम्पिक खेल एक वर्ष पछि सरेकोले नेपालले त्यस बाट केही फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए । सो अवसरमा एनओसीका महासचिब श्रेष्ठले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत राष्ट्रिय स्तरका खेलाडीको स्वास्थ्य सुरक्षाको विषयमासमेत छलफल गर्नुपर्ने धाराणा राखेका थिए । उनले कुनै पनि राष्ट्रियस्तरका खेलाडीलाइ समस्य परेमा एनओसीमा खवर गर्न समेत आग्रह गरे ।

त्यसैगरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलाडीका लागि सहज वातावरण बनाउन र लकडाउनको समयमा उनीहरूको अवस्थाको विषयमा चासो लिनका लागि एनओसीका अध्यक्षको पहलमा भएको भिडियो कन्फरेन्स कार्यक्रम महŒवपूर्ण रहेको बताए । त्यसैगरी एनओसीका उपाध्यक्ष चतुरानन्द वैद्यले ओलम्पिक भवनलगायत खेलस्थल सेनिटाइज गर्नुपर्ने बताए ।

सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो भने दोस्रोपटक बढाएर २५ चैतसम्म र अब ३ वैशाखसम्म लम्बाएको छ । यो अवधिमा डाक्टर सरोजकृष्ण श्रेष्ठले खेलाडीलाई घरभित्रै रहन आग्रह गरेका छन् । कोभिड–१९ को लक्षण देखिएर कुनै आशंका लागेमा पहिले फोनमार्फत ओलम्पिक डाक्टरको प्यानललाई छलफल गर्न समेत उनले आग्रह गरे । उनले डाइटलगायतका विषयमा समेत ब्हाट्एप वा भाइबरबाट नियमित जानकारी गराउने बताए ।

उनले खेलाडीले कुनै पनि औषधि सेवन गर्नुपर्दा परामर्श लिन आग्रह गरेका छन् । त्यसैगरी नेतृत्व चेतना प्रशिक्षक इन्द्र गुरुङले नियमित तथा मानिसक रूपमा खेलाडीलाई बलियो बनाइराख्नका लागि आफू प्रशिक्षण दिन तयार रहेको बताए । त्यसका लागि एनओसीले व्यवस्था गर्नुपर्ने छलफलमा बताएको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

भर्खरै

यस्तो बन्दैछ चाँगुनारायणमा नयाँ सहर

भक्तपुर । चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ सहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

धेरै पढिएका

यस्तो बन्दैछ चाँगुनारायणमा नयाँ सहर

भक्तपुर । चाँगुनारायण नगरपालिकाका ८ वटा वडाका अधिकांश क्षेत्र समेट्ने गरि सञ्चालन हुन लागेको नयाँ सहर आयोजनाको काम आगामी आर्थिक बर्ष ०७७÷०७८ बाट सुरु...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ई-पेपर

(Visited 35 times, 2 visits today)