Sunday, June 7, 2020
Home बिचार राहत प्याकेजलाई प्रभावकारी बनाऊ

राहत प्याकेजलाई प्रभावकारी बनाऊ

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा विपन्न नागरिकका लागि केही महत्वपूर्ण प्याकेज कार्यक्रम घोषणा हुने आशा गरिएपनि त्यस्तो हुन सकेन । तर, पनि प्रधानमन्त्रीले संकटका काला बादल छिट्टै हटेर जाने विश्वास व्यक्त गरेर आफ्ना नागरिकलाई केही हदसम्म सान्त्वना दिने प्रयास गरेका छन् । प्रधानमन्त्रीले कोरोना भाइरसको सम्भावित जोखिमसँग लड्न सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । सरकारले कोरोना भाइरस संक्रमणसँग लड्न जेजस्ता निर्णय र कार्यक्रम ल्याएको छ त्यो सकारात्मक छ । तर, सरकारले ल्याएका कार्यक्रमको सशक्त कार्यान्वयन हुनु जरुरी छ । प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्न तीन सूत्रीय विधि लागू गरेको जानकारी दिँदै गर्दा त्यसरी लागू गरिएको विधि कतिको प्रभावकारी भइरहेको छ भन्ने बारेमा समेत गहन अध्ययन र समीक्षा गरिनुपर्छ । सो विधिअनुसार सरकारका संयन्त्रले काम गरे नगरेको बारेमा नियमित रूपमा नै अनुगमन गरिनुपर्छ । हामीकहाँ विगतदेखि नै योजना, नीति तथा कार्यक्रम बग्रेल्ती ल्याइने तर त्यसको कार्यन्वयन पक्ष अत्यन्तै फितलो हुने समस्या रहँदै आएको छ । अहिले महाविपत्को समयमा ल्याइएको तीन सूत्रीय विधि पनि कर्मकाण्डीमा सीमित हुनुहँुदैन ।

विश्वव्यापी रूपमा बढ्दै गइरहेको यो महामारीको संकट छिट्टै पार लाग्ने अवस्था देखिँदैन । यो केही समय लम्बिने भएकाले यसबाट उत्पन्न हुने संकट र नागरिकका समस्या समाधान गर्न सरकार विशेष संवेदनशील हुन जरुरी छ । त्यसैले विपन्न नागरिकका लागि केन्द्र, प्रदेश र स्थानीय तहले नै विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्छ । अहिले केही स्थानीय तहले आफ्नो स्थानीय तहका नागरिकलाई मात्रै लक्षित गरी प्याकेजका कार्यक्रम ल्याइरहेका छन् । त्यस्तो प्याकेजले सबै विपन्न र असहाय नागरिकलाई समेट्न सक्दैन । दैनिक ज्यालादारी र मजदुरी गरेर खाने विपन्न नागरिक जसको बस्ने वाससमेत छैन उनीहरू सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । बस्ने वास र घरसमेत नभएका र लामो समयदेखि भाडामा बस्दै आएका लाखांै नागरिक अहिले अलपत्र पर्ने अवस्थामा छन् । उनीहरूले यतिखेर आफूलाई अनागरिकजस्तो अनुभूति गर्न बाध्य भएका छन् ।

त्यस्ता नागरिक जहाँ जहाँ बसिरहेका छन् उनीहरूलाई त्यहींको स्थानीय सरकारले नियमित रूपमा नै राहत उपलब्ध गराएर बाँच्ने आधार सिर्जना गर्नुपर्छ । यसका लागि केन्द्रीय सरकारले पनि आवश्यकताअनुसार सहयोग गर्नुपर्छ । स्थानीय तहले आफ्नो तहमा आएको विकास खर्चको केही अंश रकम असहाय, विपन्नलाई राहत दिन पाउने गरी विनियोजन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्छ । यसका लागि केन्द्रीय सरकारले नै आवश्यक प्रबन्ध मिलाइदिनुपर्छ । अहिले कतिपय स्थानीय तहले वितरण गरेको राहत प्रणाली अव्यवस्थित र भद्रगोल बन्न पुगेका गुनासाहरू आइरहेका छन् । अनियमितता हुन सक्ने सम्भावना बढेर गएको छ । सबै स्थानीय तहका जनप्रतिनिधि यस्तो संकटको अवस्थामा अत्यन्तै संवेदनशील र सचेत हुनुपर्छ । लोभलालच पूर्णरूपमा त्याग गर्नुपर्छ । महासंकटको समयमा आमनागरिकका पिरमर्का समाधान गर्न छोडेर कुनै पनि जनप्रतिनिधि भ्रष्टाचारमा सरिक हुन पुगे भने त्यो महाअपराध साबित हुनेछ । त्यसैले, आफ्ना नागरिकलाई उचित राहत दिने कार्यमा तीनवटै सरकारले पारदर्शी रूपमा प्याकेजका कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्नुहुँदैन ।

(Visited 27 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

ई-पेपर

(Visited 35 times, 1 visits today)