कालिकोटका ३ वटा पालिकामा बालबालिका जोखिममा

कालिकोट । कालिकोटका ३ वटा पालिकामा चार हजार बढी बालवालिका जोखिममा परेको पाइएको छ ।

पलान नेपालको सहयोग र साझेदार संघ संस्थाहरुको पहलमा गरिएको सवे्रक्षणमा जिल्लाको रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा चार हजार दुई सय ६९ बालबालिका जोखिममा रहेको भेटिएको हो ।

अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भइ स्कुल भर्ना नभएका संरक्षण बिहिन बालवालिका भेटिएका हुन ।

रासकोटमा एक हजार तिनसय ३७, नरहरीनाथमा एक हजार सातसय ६७ र सान्नि त्रिवेणीमा एक हजार दुई सय ७५ जना रहेका छन ।

अहिले पहिचान भएका बालवालिकाको पढाई व्यवस्थापन र शैक्षिक सामाग्री उपलब्ध गराएर स्कुल भर्ना गरिएको छ ।

रास्कोट नगरपालिकाका दुई वटा वडाहरु बालबिवाह मुक्त वडा घोषणा हुने तयरीमा

रास्कोट नगरपालिकाका दुई वटा वडाहरु बालबिवाह मुक्त वडा घोषणा हुने तयरी मा रहेका छन् । नगरपालिकाका वडा नं ४ र ९ नम्बर वडामा बालबिवाह दर घट्दै गएपछी वडालाई बैशाख मसान्तसम्म बालबिवाह निशेधित वडा घोषणको गर्ने रास्कोट नगरपालिका उपप्रमुख मनिराज वरालले बताएका छन ।

हुरेन्डेक नेपालको सहजिकरण, पलान नेपालको सहयोगमा र शसक्त बालिका परियोजनाको अन्तगत सदरमुकामा मान्ममा बाल संरक्षण सेवा प्रदायक तथा सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित उपप्रमुख वरालले यस्तो बताएका हुन ।

मेयर वरालले ७६ प्रतिशत रहेको बालबिवाह घटेर पछिल्लो समय रास्कोट नगरपालिकामा ३२ प्रतिशतमा झरेको भन्दै ४ नम्बर वडा र ९ नम्बर वडा वैशाख मसान्तसम्म बालविवाह मुक्त वडा घोषणाको तयारीमा रहेको छ ।

हामिले नगरपालिकाका ६ वटा वडा बालश्रम मुक्त वडा घोषणा गरिसकेका छौँ । अव बालविवाह मुक्त नगरपालिका बनाउन संघ संस्था र नगरपालिकाले लागी रहेको बताए ।

हुरेन्डेक नेपालका महासचिव दानबहादुर विकको सभा अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहकिो प्रमुख आतिथ्यता, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको विषेश आतिथ्यतामा संचालन भएको कार्यक्रममा शान्नि त्रिवेणी गाउँपालिका जनप्रतिनिधि र नरहरीनाथका जनप्रतिनीधीको उपस्थीती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित