Sunday, June 7, 2020
Home बिचार कोरोना र मानसिक स्वास्थ्य प्रर्वद्धन

कोरोना र मानसिक स्वास्थ्य प्रर्वद्धन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाललगायत विश्वका ४४ मुलुक अहिले ‘लकडाउन’मा छन् । आजसम्म तीन लाखभन्न्दा बढी मानिसले कोरोना भाइरससँगको लडाइँ जितेर घर फर्केका छन् भने १४ लाख ४७ हजारभन्दा बढी प्रभावित भइसकेका छन् र ८३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको यो भाइरस संक्रमणका कारण विश्वका ४४ राष्ट्रमा मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वका दुई सयभन्दा बढी राष्ट्रमा कोरोना भाइरसको संक्रमण फैलिसकेको तथ्यांक सार्वजनिक गरेको छ । नेपालमा नौ जनामा रोग फेला परेको छ । इबोला, सार्स र मर्सजस्ता महामारीको समयमा विभिन्न मुलुकमा सेल्फ क्वारेन्टाइनको अभ्यास गरिएको थियो । नेपालका लागि लकडाउन, क्वारेन्टाइन र होमआइसोलेसन नयाँ अभ्यास हो ।

अस्वाभाविक परिस्थितिमा डराउनु र चिन्ता हुनु स्वाभाविक नै हो तर यसैलाई लिएर दैनिकीमा नै अवरोध सिर्जना हुनु, छटपटाउनु, अत्यधिक चिन्ता हुनु समस्या हो । यस बेलाको विषम परिस्थितिका कारणको तनावले चिटचिटाहट हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसकेजस्तो हुने वा उदास हुनेजस्ता समस्या देखिन्छ । मानिसले बारम्बार मिडियामा प्रकोपको घटना देख्छन् भने तिनीहरू अधिक चिन्तित हुन सक्छन् त्यसैले चाँडै मिडिया कभरेजमा लाग्ने एक्सपोजरको मात्रा सीमित गर्ने विचार गर्नुपर्छ ।

तनावले चिटचिटाहट हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही नसोच्ने वा उदास हुने समस्या देखिन्छ

जोखिममा रहेको समूह : विभिन्न अध्ययनले क्वारेन्टाइनमा बस्नेमा चार गुणा बढी मानसिक समस्या भएको देखाएको छ । बालबालिका तथा किशोरकिशोरीले उमेरको बाबजुद, निराश हुने भावना देखाउन सक्छन् । यसमा उपचारमा संलग्न व्यक्ति, डाक्टर, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी, ज्येष्ठ नागरिक, पहिलेदेखि मानसिक समस्या भएका, लागूपदार्थका प्रयोगकर्ता र दीर्घरोगी जोखिमको समूहमा पर्दछन् ।

ज्येष्ठ नागरिककोे मानसिक स्वास्थ्य : विश्वमा करिब ९२८ मिलियन जनसंख्या ज्येष्ठ नागरिकको श्रेणीमा पर्दछन् । यो संख्या २०२५ सम्ममा बढेर १.२ बिलियन हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । ज्येष्ठ नागरिकमा भाइरसको फैलावटलाई ढिला बनाउन आवश्यक कदम चालेको कारण बढ्दो एकांकीपनको सामना गरिरहेका छन् । ज्येष्ठ नागरिककोे मानसिक स्वास्थ्य समस्याको थुप्रै कारण छन् । जस्तैः जीवनसाथी गुमाउनु, बढ्दो एकांकीपन, सामाजिक भूमिका, अवकाश र ज्येष्ठ नागरिककोे सामान्य अवमूल्यनका साथ परिवर्तन, शारीरिक स्वास्थ्य समस्या बढ्छन् । व्यक्तिले प्रियजन र साथी गुमाउनु, वित्तीय सुरक्षा कम हुन्छ, कहिलेकाँही जीवन शैलीमा आमूल परिवर्तन आउनाले समस्या उत्पन्न हुन्छ । वृद्ध पुरुषभन्दा वृद्ध महिलाको अवस्था झन कमजोर हुन्छ । यसका लागि पारिवारिक निर्णय प्रक्रिया र सम्पत्तिमाथि पुरुषको वर्चस्वको परम्परा दोषी छ ।

ज्येष्ठ नागरिक विशेषगरी संज्ञानात्मक विकासको ह्रास, अधिक चिन्तित, रिसाएको, तनावग्रस्त, उत्तेजित र प्रकोपका बेला वा क्वारेन्टाइन भएको बेलामा यी समस्या फेरि बल्झिने सम्भावना हुन्छ । यस्तो बेलामा यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्क परिवार, पेसेवर मनोविद् र स्वास्थ्यकर्मीमार्फत व्यावहारिक र भावनात्मक सहयोग प्रदान गर्नु जरुरी हुन्छ ।

महिलाको मानसिक स्वास्थ्य : हरेक विपत् वा महामारीले महिलाको मानसिक स्वास्थ्यमा बढी प्रतिकूल असर पर्ने विभिन्न अध्ययनले देखाएका छन् । घरायसी व्यवस्थापनका कारण नकारात्मक कुरा बढी सोच्दा, घरका पुरुष सदस्यले पारिवारिक जिम्मेवारी र घरायसी कामको बाँडफाँडमा सहयोग नगरेमा समस्या आउने सम्भावना हुन्छ । सानो बच्चा भएका, सुत्केरी र गर्भवती महिलामा झन् समस्या ल्याउँछ । फलस्वरूप घरायसी झगडा हुने सम्भावना हुन्छ ।

आमाबाबु र परिवारका अन्य सदस्यले महामारीद्वारा सिर्जित त्रासको उचित व्यवस्थापन गर्न सक्नुपर्छ

विकाशोन्मुख देशमा प्रत्येक ३ जनामा १ जना गर्भवती र सुत्केरी महिलामा मानसिक समस्या देखिने विभिन्न अध्ययनले देखाएको छ । नेपालमा पनि सुत्केरी अवस्थामा देखिने उदासिनताका लागि श्रीमानले गर्ने दुव्र्यवहार, श्रीमान र सासूससुराको असहयोगी व्यवहार, छोरा पाउने चाहना, श्रीमानले रक्सी सेवन गर्ने बानी आदिले मानसिक स्वास्थ्यमा नकारात्मक असर पु-याइरहेको हुन्छ । महिलाको अत्यधिक रक्सी सेवन गर्ने बानीले आत्महत्याको सोचाइको जोखिमलाई बढाउँछ । बेचबिखनमा परेका महिलालाई गरिने यौन दुव्र्यवहारले उनीमा प्रजनन् स्वास्थ्य समस्या र कमजोर शारीरिक मानसिक स्वास्थ्यले गर्दा आत्महत्याको जोखिम बढ्छ ।

महिलामा विभिन्न प्रकारका दुव्र्यवहारको शृंखलाहरू लगातार रह्यो भने त्यस्ता महिलामा विभिन्न खालका मानसिक समस्या जस्तै उदासिनता, चिन्ता, मनोशारीरिक सिकायत, विभिन्न खालका संवेगात्मक समस्या, आघातजन्य घटना पछिको तनाव, बलात्कारजन्य आघात, न्यून आत्मसम्मान, खानासँग सम्बन्धित गडब्डी, रूपान्तरित (हिस्टेरिया) शोक र क्षतिको मानसिक असर, आत्महत्याको प्रयास गर्ने, सोचबाट ग्रसित हुन्छन् ।

बालबालिकाकोे मानसिक स्वास्थ्य : बालबालिकाको मानसिक स्थिति बढी संवेदनशील हुन्छ । बालबालिकाको मानसिक स्वास्थ्य घर परिवारको वातावरणले पनि निर्धारित गर्छ । त्यसैले हामीले बोल्ने प्रत्येक बोली तथा गर्ने व्यवहारले उनीहरूको मानसिक स्थितिमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हामीले सदैव विशेष ध्यान पु-याउनुपर्छ । धेरै बालबालिकाले आमाबाबु र परिवारका अन्य सदस्यको समर्थनमा राम्रोसँग कोविड–१९को त्रासको व्यवस्थापन गर्न सक्छन् । तर, केहीमा चिन्ता वा चिन्ताका लक्षण देखापर्दछन्, जस्तै सुत्ने समयमा परिवर्तवन, ध्यान दिन कठिनाइ जुन गम्भीर चिन्ता, डिप्रेसन, र आत्महत्याजस्ता व्यवहारसहित अधिक तीव्र प्रतिक्रियाका लागि जोखिमकारक हुन सक्छन् । यो समस्याको जोखिम पहिले मानसिक स्वास्थ्य समस्या भएका, दुव्र्यवहारको सिकार भएका, परिवारिक अस्थिरता, प्रियजन गुमाएका बालबालिकामा हुन सक्छ । यस अवस्थामा बालबालिकामा निम्न प्रकारका लक्षण देखाउँछन् ।

प्रि–स्कुलेउमेर समूह : औंठा चुस्ने, बेडवाइटिंग, आमाबाबुसँग टाँसिरहनु, निद्रामा गडबडी, भोक नलाग्ने, अन्धकारसँग डर, व्यवहारमा रिग्रेसन आदि देखिन्छ ।

प्राथमिक स्कुलेउमेर समूह : चिटचिटापन, आक्रामकता, अत्याधिक सर्तकता, दुःस्वप्न, स्कुलको कामबाट बच्न चाहने, कमजोर एकाग्रता आदि समस्या हुन्छ ।

किशोरकिशोरी : निद्रा र खानासम्बन्धी गडबडी, व्याकुलता, द्वन्द्व बढेको, मनोशारीरिक गुनासा, बालविज्याइसम्बन्धी व्यवहार, र कमजोर एकाग्रता आदि देखिन्छ ।

मानसिक स्वास्थ्यप्रर्वद्धन र प्राथमिक मनोवैज्ञानिक सहयोग : जीवनमा आइपर्ने विभिन्न महामारीका घटनाबाट व्यक्तिको मनमा उत्पन्न भएको असहज अवस्थालाई सहज बनाउन पहिलो चरणमा दिइने मनोवैज्ञानिक प्रकृतिको सहयोगलाई प्राथमिक मनोवैज्ञानिक सहयोग भनिन्छ । मानसिक स्वास्थ्य एवं मनोवैज्ञानिक समस्यालाई न्यूनीकरण गर्न सुरुमा दिइने सहयोगलाई प्राथमिक मनोवैज्ञानिक सहयोग भनिन्छ ।

कोविड–१९को घटनामा परी असुरक्षित महसुस गरेका, दुविधामा परेका, अस्थिर भइरहेका, सशंकित महसुस गरिरहेका ज्येष्ठ नागरिक, महिला, बालबालिका, किशोरकिशोरी, वयस्क,अपांगता भएकालाई आवस्यकताअनुसार प्राथमिक मनोवैज्ञानिक सहयोग दिनुपर्छ । कोबिड–१९मा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा कर्मचारीलाई पनि प्राथमिक मनोवैज्ञानिक सहयोग आवश्यक पर्न सक्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता भएका व्यतिmको पहिचान गर्ने, व्यक्तिका कुरा ध्यान दिएर सुन्ने, अवलोकन गर्ने र आवश्यकताअनुसार अनौपचारिक कुराकानी गर्ने, समुदायको मूल्यमान्यता, संस्कृति सुहाउँदो र मान्य हुने किसिमको सहयोग क्रियाकलाप मात्र गर्नुपर्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी तालिमप्राप्त व्यक्ति जस्तै मनोविज्ञ तथा मानसिक चिकित्सक, मनोविमर्शकर्ता, मनोसामाजिक कार्यकर्ता, सामाजिक कार्यकर्ता तथा स्वयंसेवक, शिक्षक वा कर्मचारी, प्रहरी, समुदायका अगुवा, स्वास्थ्यकर्मी वा रेडक्रसका कर्मचारी, सञ्चारकर्मी, परम्परागत उपचारकर्मीले यो सहयोग प्रदान गर्न सक्छन् ।
(लेखक पिके क्याम्पसमा प्राध्यापन गर्छन्)

(Visited 86 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

भर्खरै

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

धेरै पढिएका

भारतमा एकैदिन झण्डै दश हजार सङ्क्रमित, सात हजारको मृत्यु

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

ट्रक दुर्घटनामा चालककाे मृत्यु

डडेल्धुरा ।  के आई सिह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा न १० राई भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । शनिबार राति...

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

ई-पेपर

(Visited 35 times, 1 visits today)