बागलुङको निसीखोलामा बस दुर्घटना: ८ को मृत्यु, २४ जना घाइते

पोखरा । रुकुम पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ घाइते छन् । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको हो । बस सडकदेखि करिब डेढ सय किमी तल खसेको छ ।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले घुम्ती र अप्ठेरो बाटो हुँदा दुर्घटना भएको अनुमान रहेको बताए । मृतकको पहिचान खुलेको छैन । घाइतेलाई उपचारार्थ इलाका स्वास्थ्य चौकी बुर्तिवाङ पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीका अनुसार उनीहरु अधिकांश गम्भीर छन् । तीमध्ये केहीलाई बागलुङ ल्याउने तयारी पनि भएको छ ।

बस दुर्घटनापछि उद्धारमा स्थानीयसहित निसी प्रहरी चौकी, झिवाखोला प्रहरी कार्यालय तथा रुकुम पूर्व प्रहरी कार्यालयबाट आएको प्रहरी खटिएका थिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने उक्त सडकअन्तर्गत दुर्घटनास्थल निकै अप्ठेरो रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । उक्त सडक करिब ८ वर्षअघि पिच भएको थियो ।

दुर्घटनास्थल बागलुङ सदरमुकाम बागलुङदेखि करिब १ सय १८ किमी पश्चिममा पर्छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले दुर्घटनाको अनुसन्धान भइरहेको बताए । यसैबीच, म्याग्दीमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा ५, पाउद्वारका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका वडा ५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप सोही गाउँको नेपाने भन्नेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)