पर्सामा हुण्डी कारोवारी फेरि सल्बलाउन थाले

वीरगन्ज । सीमा नाका छेउमा पछिल्लो समय पुनः हुण्डी कारोवारी सल्बलाउन थालेको खुलेको छ । पाँच दिनको अन्तरालमा ११ लाख २३ हजार ८ सय नगद सहित पाँच जना अभियुक्त पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।

बरामद भएका नोटहरुमा नेपाली हजार, पाँच सय र एक सय दर तथा भारतीय प्रतिवन्धित (भारु) नोट पनि ५ सय दरका ५६ थान गरी उक्त परिणामका नोट बरामद भएको पर्सा प्रहरीले तथ्याँक सार्वजनिक गरेको छ । गएको बिहिबार अर्थात चैत १ गते पर्साको वीरगन्ज १० बस्ने कुनाल जयसवाल, सोही ठाउँका बर्ष वीरेन्द्र साह तेली र रेखा कुमारी साह तथा पर्साकै जगरनाथपुर गाउँपालिका ६ बस्ने बर्ष २५ का मितु कुमार कुर्मी ४ लाख ३ हजार सहित पक्राउ परेका थिए । त्यसको चारदिन वित्न नपाउँदै पुनः चैत ४ गते मध्यान्ह साढे २ बजे नै ७ लाख २६ हजार ८ सय हुण्डीरकम सहित अर्का कारोवारी पर्सामा नै पक्राउ परेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

आईतबार वीरगन्ज बजारको पूर्वतर्फ गल्ली बाटोमा सामान्य मानिस हिडेझैं गरी प्रहरीलाई झुक्याउने अभिप्रायले अभियुक्त हिड्दै गरेको अवस्थामा प्रहरीलाई शंका लागी चेकजाँच गर्दा उनी पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । यो आर्थिक बर्षभित्र गएको चैत १ गते पर्साकै ४ अभियुक्त पक्राउ परेको ठ्याक्कै चारदिन पछि कलवार पक्राउ पर्नुले हुण्डी कारोवारी फेरि सल्बलाउन थालेको आशंका चाही बढाएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक थापाले बताए ।

पक्राउ परेका अभियुक्त मधेश प्रदेशको राजधानी धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ हाल वीरगन्ज महानगरपालिका १६ बस्तै आएका ५० बर्षीय अभियुक्त रहेको उनको भनाइ छ । कलवारले बोकेको झोलामा लुकाई छिपाई राखेको १ हजार दरका ३ सय ३५ थान, ५ सय दरका नोट ६ सय ८२ थान गरी जम्मा ६ लाख ७६ हजार र भारु पनि पाँच सय दरका ५६ थान गरी नेपाली ४४ हजार ८ सय गरी कुल ७ लाख २० हजार ८ सय हुण्डी रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

यति मात्र नभई आठ वटा बैंकका १९ थान चेकबुकहरु पनि उनीसँग बरामद भएको पर्सा प्रहरीको भनाइ छ । बरामद भएका चेकहरु कृषि विकाश बैंकका २ थान, सानिमा बैंकका ५ थान, माछापुछ«े बैंकका २ थान, एनआइएमबी बैंकका २ थान, मुक्तिनाथ विकास बैंकका २ थान, ग्लोबल बंैकको ३ थान, प्राइम बैंकको २ थान र मेघा बैंकको पनि १ थान चेक बुक बरामद भएको प्रहरीले विवरण खुलाएको हो ।

गएको बिहिबार पक्राउ परेका अभियुक्तहरुसँग पनि विभिन्न बैंकका १३ थान चेकबुक बरामद भएको थियो । वीरगन्ज १० आदर्शनगरको कुनाल जयवसालको किराना पसलमा छापामारी अवैध (हुण्डी) रकम सहित पक्राउ परेका उक्त अभियुक्तसँग भने विभिन्न बैंकमा जम्मा गर्न भरेर तयार पारिएका डिपोजिट स्लिप पनि बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक थापाले बताए ।

पक्राउ परेका ती सबै अभियुक्तहरुलाई थप अनुसन्धान गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्धको कसूरमा अझ अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । आवश्यकताका आधारमा उनीहरुलाई थप कार्वाहीका लागि अगाडी बढाइने पनि पर्सा प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता