नेपाली अमेरिकन सोसाइटी क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व

क्यालिफोर्निया । नेपाली अमेरिकन सोसाइटी (नासो) क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्व छनोट भएको छ । च्याप्टरको हालै सम्पन्न साधारणसभाले नयाँ नेतृत्व छनोट गरेको हो ।

निर्वाचन अधिकृत जयराम टमटाले उपलब्ध गराएको जानकारी अनुसार अध्यक्षमा ध्रुवराज विक, वरिष्ठ उपाध्यक्ष माया टमटा, उपाध्यक्षहरुमा ओम थापा, जुम सुनार, विक्रम दियाल रहेका छन् भने सचिवमा कल्पना विक, सहसचिवहरुमा पुनम सेन्चुरी र अभिषेक लाकान्द्री रहेका छन् । यस्तै कोषाध्यक्षमा रेखा लकान्द्री र सदस्यहरुमा केशव विश्वकर्मा, सुन्दर विक, चन्द्र विक र राम गहतराज रहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता राम लकान्द्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा संस्थापक रामकृष्ण लकान्द्री र केन्द्रीय सदस्य भीमनारायण विश्वकर्माको पनि कार्यक्रममा उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी