काठमाडौं । नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामा बसिरहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी देशभरि पढाइका क्रममा डेरा लिएर बसेका विद्यार्थीलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका हुन् ।
विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत सबै किसिमका आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै ढुंगानाले ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउन ध्यानाकर्षण गराएका छन् ।
‘देश–विदेशमा रहेका रहेका नेविसंघ मातहतका इकाईहरु तथा नेवि संघमा आबद्धसाथीहरुलाई यस विपत्तिको क्षणमा आफ्नो क्षेत्रमा रहेका विद्यार्थीहरु र सम्पूर्ण जनसमूदायको दूःखमा आवश्यक साथ–सहयोग गरी तथा आवश्यक परेकालाई आफैअग्रसर भएर राहत प्रदान गर्न आह्वान गर्दछु,’ ढुंगानाले भनेका छन् ।