बिश्व साईकाल यात्री शर्मालाई आर्थिक अभाव

काठमाडौं । बिश्व साईकाल यात्री शुभप्रसाद शर्मालाई आर्थिक अभाव भएको छ। पृथ्बीमा बड्दो तापक्रमको समस्या रहेकोले विश्व जलवायु परिवर्तन विरुद्ध लड्न सचेतना जगाउने उद्देश्यका साथ विश्वव्यापी यात्राको क्रममा धेरै देशहरु घुम्दै साइकल यात्री तान्जेनिया पुगेका शर्मालाई आर्थिक अभाव भएको हो।

नेपाल चावहिल,काठमाडौंका यात्री शर्मा जलवायु परिवर्तनको ’boutमा सचेतना जगाउनको लागि “पृथ्वी बचाउ” भन्ने नाराका साथ गत १ बैशाख २०८० बाट आफ्नो साइकल यात्रा सुरु गरेका विश्वव्यापी भवानी गोर्खावाच शुभयात्रा अभियान साइकल यात्रामा निस्किदै गर्दा अहिलेसम्म २४ औं देशको यात्रा गर्दै जनचेतनामुलक संदेश दिदै अहिले तन्जेनिया पुगेका छन्।

अफ्रीकाको ५ औ देशमा तन्जेनिया पुगेका उनलाई त्यहाँ नेपालीहरुको जनसंख्या कम भएको कारणले आर्थिक अभाव भएको उनले बताए। ‘अहिले म तान्जेनियामा छु यहाँ अफ्रिकी देशहरुमा धेरै पटक एउटै देश हुँदै अर्को देशमा भिसा लगाएर जानुपर्ने भएकाले पनि अलिक खर्च बढेको छ,उनले राजधानीसँग भने;’अफ्रिकी देशहरुमा नेपालीको संख्या कम छ त्यहिँ भए मलाई पनि आर्थिक अभाव भएको हो।’

अफ्रीकामा बस्न सस्तो भएपनि आफूसँग पैसा नभएको र सहयोग गर्ने मानिस नभएकाले अन्य देशरुमा भन्दा अफ्रिकी देशमा समस्या भएको उनले बताए। यद्यपि गैरआवासीय नेपाली संघ(एनआरएनए) सहयोग गरिरहेको भएपनि त्यो प्रयाप्त नभएको उनले बताए। ‘म अहिले पनि तान्जानिया मै छु र यो अभियानलाई अगाडि बढाउन चाहन्छु तर खर्चको अभावको कारण के कसो गर्ने भनेर अत्यन्तै चिन्चित छु उनले थपे।’ अफ्रीका पुगेपछि एनआरएनएको सानातिना सहयोग बाहेक अन्य कसैबाट पनि सहयोग नपाएको बताएका छन्।

खाडीका देशहरुमा यात्रा गर्न सहयोग भएपनि यहाँ निकै कस्टकर भएको बताए। अहिले आफूसँग सय डलर मात्र रहेको बताउदै बाँकी यात्राको लागि सहयोग गर्न उनले सबै नेपालीहरुमा अपिल गरेका छन्। जटिल र गम्भीर अवस्था रहेको वातावरणीय अबस्था आम मानिसलाई उनीहरुकै भाषामा बुझाउन चाहेको भन्दै शर्माले आफ्नो आदर्श वाक्य सेभ द प्लानेट प्रचार गर्न साइकल यात्रा रोजेको बताए ।

“म एक साधारण मानिस हुँ, र यस विषयमा मेरो रुचिको कारणले गर्दा म जलवायु परिवर्तनको संकट’bout सचेत छु। तर कति जना सर्वसाधारण सचेत छन् ? धेरैले अझै पनि यसलाई अफवाह ठान्छन्। म यस ग्रहलाई बचाउन आफ्नो केही गर्न चाहन्थे, त्यसैले मैले साइकलमा संसार घुम्ने निर्णय गरें। उनले आगामी ५ वर्षभित्र १५० देशको भ्रमण गर्ने लक्ष्य राखेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी