खोरबाट निकालेर अस्पताल पुर्‍याइएकी फुर्दिकुलाई १ लाख ४ हजार सहयोग

फुर्दिकुको बुवा पेमाछेतर शेर्पालाई सहयोग रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्री ।

खोटाङ । मानसिक समस्या देखिएपछि खोरमा थुनिएको अवस्थामा उद्धार गरेर अस्पताल लगिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीय फुर्दिकु शेर्पालाई आर्थिक सहयोग जुटेको छ ।

मानसिक समस्याका कारण खोरमा थुनेर राखेको अवस्थामा उद्धार गरेर मानसिक अस्पताल लगनखेल पु¥याइएकी फुर्दिकुलाई पत्रकार चिसाङ शेर्पाको पहलमा १ लाख ४ हजार ६०७ रुपैयाँ जुटेको हो । फुर्दिकुको उपचार सहयोगका लागि शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकममध्ये ७४ हजार १०७ रुपैयाँ मंगलबार नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बुवा पेमाछेतर शेर्पालाई हस्तान्तरण गरेका छन् ।

३० हजार ५०० रुपैयाँ भने गत फागुन १४ गते हस्तान्तरण गरिएको थियो । फुर्दिकुको उपचारका लागि ५७ दाताबाट सहयोग प्राप्त भएको पत्रकार शेर्पाले बताए । फुर्दिकुको लागि जुटेको सहयोग रकम छोरा पस्नुरी शेर्पाको शिक्षादिक्षामा उपयोग गर्नेगरी हस्तान्तरण गरिएको हो । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनेर राखिएकी फुर्दिकुलाई नगरपालिकाले निःशुल्क उपचार गर्नेगरी फागुन १४ गते मानसिक अस्पताल लगनखेल लगेर भर्ना गरेको थियो ।

बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । मानसिक सन्तुलन गुमाएका कारण फुर्दिकु खोरमा थुनिन वाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उपचारपछि हाल उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बुवा पेमाछेतरले बताए । २०६७ सालमा एसएलसिको तयारी गरिरहेका बेला शेर्पालाई मानसिक समस्या देखा पर्न सुरु भएको हो । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो ।

कोभिड–१९ को महामारीका बेला पनि उनमा दोश्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएकी शेर्पा पुःन गत माघ ३ गतेदेखि अस्वस्थ बनेकी हुन् । २१ वर्षको उमेर पुगेपछि फुर्दिकुले २०७२ सालमा भोजपुर अन्नपुर्णका दाजाङ शेर्पासँग विवाह गरिन् । छोरा पस्नुरी जन्माईन् । मुटुको समस्यका कारण २०७६ सालमा श्रीमानको मृत्यु भयो । २५ वर्षकै उमेरमा बिधुवा बनिन् ।

कोभिड–१९ ले बिश्व आक्रान्त पारिरहेको थियो । श्रीमानको मृत्यु भएको वर्ष दिनपछि फुर्दिकुलाई पुःन मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो । अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पु¥याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो ।

नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो । तर खाँदैगरेको औषधि नियमित खान छाडेपछि उनलाई पुनः स्वास्थ्यमा समस्या दोहोरिएको बुवा पेमाछेतरले बताए । श्रीमानको मृत्युपछि फुर्दिकु छोरा पस्नुरीसहित माइती घर फर्किएकी हुन् । ६ वर्षका पस्नुरी हाल कक्षा ३ मा पढ्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत