लगानी थपेर क्षमता विस्तार गर्दै रिभरफन बिच रिसोर्ट

काठमाडौं । चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा अहिले ५ करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तार गरिएको छ । विदेशी पर्यटकलाई मात्र नभएर आन्तरिक एवं पारिवारिक वातावरणमा रमाउने स्वदेशी र विदेशीलाई सम्पूर्ण सेवा दिने उदेस्यले रिभरफन बिच रिसोर्टमा अहिले ५ करोड रुपैयाँ लगानी थपेर धमाधम क्षमता विस्तारको काम भईरहेको हो ।

वाटरपार्क निर्माणको काम अन्तिम चरणमा

पछिल्लो समय रिभरफन क्याफे सञ्चालनमा ल्याएर जीपलाईन एवं रोप साइक्लिङ समेत सञ्चालनमा ल्याएको यस रिर्सोटले अहिले ५ करोड रुपैयाँ लगानी थपेर आकर्षक वाटरपार्क, कन्फ्रेन्स हल, विभिन्न प्रकारका कोठा विस्तार लगायत अन्य पूर्वाधार निर्माणको काम भईहरहेको सो रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए ।

उनले हाल यस रिसोर्टमा करिब ५ करोड रुपैयाँ लगानी थपेर क्षमता विस्तारको काम भईरहेको बताए । अहिले विदेशी मात्र नभएर आन्तरिक पर्यटकको समेत एकदमै आकर्षक गन्तव्यका रुपमा विकास भएको यस रिसोर्टमा एकैपटकमा जतिसक्दो धेरै जनालाई सेवा दिने उदेस्यले आफुहरुले धमाधम लगानी थपिरहेको बताए ।

रिसोर्टका निर्देशक राजन सिम्खडाले सुरुमा सन् २०१२ मा पूर्वाधार निर्माणको काम थालनी भएको यस रिसोर्टमा अहिलेसम्म करिब ३५ करोड रुपैयाँ लगानी भइसकेको बताए । उनले हाल यस रिसोर्टमा जिपफलायर, रोपसाइक्लीङ सञ्चालनमा ल्याएसँगै अब वाटरपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

उनले यो काम सकिएपछि आगामी दिनमा यस रिसोर्टमा २५० जनालाई एकैसाथ सेवा दिने गरि क्षमता विस्तार गरिएको जानकारी दिए । विगतका वर्षहरुको तुलनामा अहिले पाहुँनाको चाप निकै बढ्न थालेको जानकारी गराउँदै निर्देशक सम्खडाले भने, ‘अझै हाम्रो यस रिसोर्टमा पुग्ने झोलुङगे पुलसँगै अर्को मोटर हिँड्ने पुल निर्माणको काम सम्पन्न भएपछि पर्यटकको थप चाप बढ्ने अपेक्षा गरेका छौं।’

उनले जीपलाईन सञ्चालन गर्नकालागि रिभरफन रिसोर्ट व्यवस्थापनले पृथ्वी राजमार्गको छेउमा रिभरफन क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा गोरखाको बुट्टार र चितवनको कुरिनघाट त्रिशुली नदी किनारमा अबस्थित छ । उनले राजमार्ग नजिकै रहेको यो रिसोर्ट राम्रो पर्यटकीय हब बनिसकेको बताए ।

रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइनमा अहिले आन्तरिक पर्यटक पनि निकै रमाउन थालेको उनले जानकारी दिए । उनले गत वर्षदेखि जीपलाईन स्टेशनमा रिभरफन क्याफे सञ्चालनमा ल्याएपछि अहिले पृथ्वी राजमार्गमा यात्रा गर्नेहरु सबैले यो रिसोर्टमा आँखा लगाउन थालेको बताए ।

विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने हाम्रो चाहना भएकाले अहिले यो रिसोर्ट आन्तरिक एवं वाह्या पर्यटकको रोजाईमा परेको प्रवन्ध निर्देशक अधिकारीले बताए ।

बुट्टार र कुरिनघाटको त्रिशुली नदी किनारमा अबस्थित यस रिसोर्टमा जीपलाईनको सुरुवात विन्दुमा रहेको पंहेलो रंगको टावर भवनमा रेष्टुरेन्ट,कफीशपका साथै भ्यु प्वाईन्ट समेत बनाईएको छ । यस रिसोर्टमा विभिन्न उमेर समुह र रुचिका आन्तरिक र बाह्य पर्यटकलाई बेग्लै अनुभव दिने उद्देस्यले विभिन्न सेवाहरु थप्दै लगेको सिम्खडाले जानकारी दिए ।

उनले यो रिसोर्ट अहिले पारिवारिक वातावरणमा रमाउनेहरुकालागि पनि निकै लोकप्रिय भईरहेको दावी गरे । उनले अझै यो रिसोर्टले पर्यटकलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने योजना बनाएर अघिबढेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल