सुरक्षा प्रमुख फेरिएसँगै क्यासिनोका कर्मचारी पक्राऊ

वीरगन्ज । वीरगन्जका क्यासिनोमा नेपाली समेत प्रवेश गराई जुवा खेलाउने धरातलीय यथार्थ प्रहरी प्रशासन सामु लुकेको थिएन । स्थानीय प्रहरी प्रशासनलाई यो कुरा राम्रैसँग हेक्का थियो । थाहा नभएको भनियो भने त्यो झुटो जस्तै हुन्छ । तर गेट्की थर्काएर संचालकसँग अवैध आर्थिक लाभ लर्काउने प्रहरी प्रशासनको अवैध खेल वेला–वेला हुने गरेको चाही यथार्थ हो ।

जिल्लामा प्रहरी प्रशासनका उच्च अधिकारी फेरिएपछि कहिले काही सतहमा आउने यस्तै हर्कत हुन् । जुन यो पटक पनि वीरगन्जको चर्चित क्यासिनो भिस्वा होटलका चार कर्मचारी पक्राउ परेपछि धरातलीय यथार्थ सतहमा आएको स्थानीयको दावी छ । पर्सामा गएको फागुन ९ मा नयाँ एसपी कुमोद ढुंगलेको आगमन भएको छ । यो आगमनसँगै वीरगन्जमा तस्करी गर्ने तर्फ केही कडाई गरिएको छ । भिस्वा होटलको क्यासिनोका गेट्की सहित चार कर्मचारी पक्राउ परेको घटना पनि यसैको निरन्तरता हो कि ? स्थानीयको ठम्याई छ । यहाँका क्यासिनोमा नेपाली प्रवेश गराउने खेल आगामी दिनमा रोकिए अहिलेका प्रहरी प्रशासनको कार्य सम्पादन चुस्त भएको आफै पुष्टी हुने उनीहरुको तर्क छ ।

वीरगन्ज १५ स्थित भिस्वा होटल, आदर्शनगरका सुरज र दियालो होटल अनि गण्डकको क्लार्क रिसोर्टमा क्यासिनो खेलाइन्छ । ती ठाउँमा नेपाली पनि प्रवेश गराइने गरेको केही नेपाली सेवाग्राही खुसुक्क भन्छन् । ती होटल मध्ये मंगलबार भिस्वा होटलमा पुगेको प्रहरी टोलीलाई त्यहाँको क्यासिनोका सेक्यूरिटी गार्ड, मार्केटिङ्ग मेनेजर र फ्लास मनिटरले रोकेको भनी पर्सा प्रहरीले चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेहरु प्रताम लामा, उमेश कार्की, पप्पु सिंह र सुरज कुमार कलवार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले विवरण उपलब्ध गराएको छ ।

पक्राउ परेका मध्ये कास्की पोखरा महानगरपालिका १५ स्थायी घर भएका ३२ बर्षीय लामा त्यहाँको सिएमजी क्लवको सेक्यूरिटी गार्ड रहेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले बताए । त्यसै गरी सर्लाही बरहथवा नगरपालिका ११ बस्ने बर्ष ३४ का कार्की त्यहाँको सिएमजी क्लबका मार्केटिङ्ग मेनेजर, वीरगन्ज १६ नगवाका ३४ वर्षीय सिंह सिएमजी क्लवको फ्लास मनिटर र कलवार पनि त्यहीका कर्मचारी रहेको उनको भनाइ छ ।

पक्राउ परेका क्यासिनोका कर्मचारीले प्रहरीलाई भित्र प्रवेश गर्न खोज्दा रोकेपछि वादविवाद भएको र प्रहरी कार्वाहीमा अवरोध गरेको पर्सा प्रहरीको दावी छ । फलतः नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक थापाले बताए । नियमसंगत नभएकै कारण प्रहरीलाई गेट्की ( सेक्यूरिटी गार्ड) र कर्मचारीले रोक्न खोज्नु अन्यथा नभएको खुलेको छ । क्यासिनोका कर्मचारीले नूनको सोझो गरेका छन् उनीहरुमा धेरै दोष छैन, त्यहाँ भित्र साविकमा झैं खेल हुँदै गरेको हुन सक्ने स्थानीय शम्भु यादवले तर्क गरे ।

वीरगन्जका सबै क्यासिनो खेलाउने होटलमा प्रहरीले नेपालीलाई साच्चैको रोक्न सके मात्र प्रहरी माथिको विश्वास बढेर जाने उनको भनाइ छ । केही दिनको प्रतिक्षापछि वास्तविकता बाहिर आइहाल्छ उनले थपे । यहाँका क्यासिनोका ’bout यस्तो कुरा गर्ने उनी मात्र एक्ला स्थानीय होइनन् । केही दिन अगाडी गण्डकमा रहेको क्लार्क रिसोर्टमा एक उच्च तहका व्यक्तिको छोराको बिहेमा पुगेका स्थानीय अगुवाले त्यहाँको क्यासिनोमा नेपाली छिराएको पत्ता लगाई भित्र छिर्न खोजेपछि सामान्य विवाद भएको थियो । पछि प्रहरीलाई खबर भएपछि नेपाली सेवाग्राही भागेको प्रत्यक्षदर्शी मध्ये एकले बताए ।

खासमा क्यासिनोका कर्मचारी भन्दा पनि संचालकहरु दोषी हुन सक्ने स्थानीय पत्रकार मंसुर खानको ठम्याई छ । त्यहाँका कर्मचारी त संचालकले जे अ-हायो सोही गर्ने हुन् । प्रहरी प्रशासनले संचालकलाई कडाई गरे समस्याको न्यूनिकरण गर्न बल पुग्ने उनको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा