Monday, June 1, 2020
Home Editor-Picks बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज

बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज

सबै अर्बपतिको आम्दानी घट्यो

काठमाडौं । फोब्र्स पत्रिकाले हालै विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ । फोब्र्सले गरेको विश्वका अर्बपतिको सूचीको पहिलो स्थान यसपल्ट पनि अमेजोनका मालिक जेफ बेजोसले ओगटेका छन् ।

१ सय १३ अर्ब डलर सम्पत्तिसहित बेजोस लगातार तेस्रोपल्ट विश्वकै धनी बनेका हुन् । फोब्र्सले यसअघि दुईचोटि उनलाई विश्वकै धनीको सूचीमध्ये पहिलो स्थानमा राखिसकेको छ । यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स भने विश्वकै धनीको सूचीमा दोस्रो स्थानमा छन् । उनको हालको सम्पत्ति कुल १ सय २ अर्ब अमेरिकी डलर रहेको छ ।

त्यस्तै, विश्वकै धनीको तेस्रो स्थानमा भने एलभीएमएज जिन्सका प्रमुख बर्नाड आर्नल्ट रहेका छन् भने चौथो स्थान बर्कसायर हाथवे कम्पनीका मालिक सेयरबजारका बादशाह वारेन बफेट परेका छन् । उनका हालको सम्पत्ति ७२ अर्ब अमेरिकी डलर छ । यस्तै, विश्वका धनीको सूचीको पाँचौं स्थानमा अमेरिकी ल्यारी इलिसन, छैठौंमा स्पेनका अमानिको अर्टेगा, सातौंमा फेसबुकका मार्क जुकेनवर्ग, आठौंमा अमेरिकी जिम वाल्टन, नवौंमा अमेरिकी एलिस वाल्टन र १०औंमा अमेरिकी रब वाल्टन छन् । फोब्र्सका अनुसार विश्वमा अर्बपतिहरूको संख्या र सम्पत्ति दुवै घट्दो छ ।

२ हजार ९५ जना अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना अर्बपतिको संख्या घटेको छ भने सन् २०२० को अर्बपतिको सूची सार्वजनिक गर्दा गत वर्षको तुलनामा अर्बपतिको सम्पत्ति ८० खर्ब डलर कम देखिएको फोब्र्सले जनाएको छ ।

सो पत्रिकाअनुसार २ हजार ९५ अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना अर्बपति संख्या घटेको छ । सन् २०२० को अर्बपतिको सूची सार्वजनिक गर्दा गत वर्षको तुलनामा अर्बपतिको सम्पत्ति ८० खर्ब डलर कम देखिएको फोब्र्सले जनाएको छ । यो सन् २०१९ को तुलनामा ७ खर्ब कम हो । यो वर्ष संसारका धनीहरूले सन् २०१९ मा भन्दा धेरै सम्पत्ति गुमाएका छन् । सबैभन्दा बढी सम्पत्ति जोड्न सफल भएकामा किन इङलिन छन् । उनी सुगुर उत्पादक हुन् ।

साढे १८ अर्ब डलर सम्पत्ति भएका उनले सन् २०१९ मा भन्दा १४ अर्ब बढी सम्पत्ति जोड्न सके । विश्वको धनीहरूको सूचीमा उनी ४३औं नम्बरमा छन् । दक्षिण एसियाका धनी चीनका ज्याकमा विश्वकै धनीको सूचीको १७औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३८ अर्ब डलर छ । भारतका मुकेश अम्बानी २१औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३६ अर्ब डलर छ । त्यस्तै, नेपालका एक मात्र अर्बपति विनोद चौधरी १ हजार ५ सय १३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति १ अर्ब ४० करोड डलर रहेको फोब्र्सले जनाएको छ ।

(Visited 191 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)