जनसंख्या र जल वितरण

स्वच्छ जल भन्नाले वाष्पीकरण चक्रको क्षमताका आधारमा नवीकरण हुने जलभण्डार हो । २१औं शताव्दीमा कहालिलाग्दो जनसंख्या वृद्धि, कृषि उत्पादन, सहरीकरण, औद्योगीकरण आदिमा पानीको माग अकासिएको छ । सन् १९५० पछि त विश्वव्यापी रूपमा पानीको प्रयोग तेब्बरभन्दा बढी छ र प्रतिव्यक्ति पानीको प्रयोग सालाखाला ५० प्रतिशतले बढेको अनुमान छ । यसरी पानी सदुपयोग गर्ने सम्पूर्ण उपभोक्तावर्ग र मुलुकमुलुकबीच पानीको वितरणमा चर्को समस्या खडा नभएको होइन ।

पानीजस्तो प्राकृतिक बृहत् साझा स्रोत अझै पनि प्रतिस्पर्धा र विवादको स्थितिमा अल्झिएको छ । जलभण्डारको सदुपयोग वा दुरुपयोग तथा माग र आपूर्तिबीचको द्वन्द्वले मौजुदा जलस्रोतको सम्भाव्य उपलब्धि तथा समस्या’bout खडा भएको छ । यसलाई समष्टी रूपमा अवलोकन गर्दा विश्वको जनसंख्यालाई आवश्यक पर्ने पानीको खाँचो टार्न अथाह जलस्रोतको समानुपातिक रूपमा व्यवस्थापन पक्षलाई दरिलो पार्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यस प्रक्रियाले उपलब्ध पानीको दिगो तथा कौशलपूर्ण प्रयोग र पानीको समस्या समाधान गर्न प्रभावकारी लगानीका सम्भाव्यता’bout पनि सबैलाई सोच्न बाध्य गराउनेछ । जलसाधनको महत्व’bout हरेक मान्यता राख्ने उपभोक्ताबीच एक पक्षबाट दुरुपयोग हुन गएमा अर्को पक्षलाई असर पर्छ ।

मानववर्गलाई आवश्यक पर्ने स्वच्छ पानीको प्रमुख स्रोतका रूपमा नदी तथा ताल रहेको र विश्वका नदीहरूबाट प्रत्येक समय करिब २ हजार घनकिलोमिटर स्वच्छ पानी बग्ने गरेको कुरा स्पष्ट छ । प्राकृतिक वातावरणको ह्रासले पानीको आपूर्तिमा दीर्धकालीन असर पर्छ भने औद्योगिक तथा वातावरणीय प्रदूषणले मौसम स्वयंलाई असर पार्ने संकेतहरू फेलापरेका छन् । वन विनाशले स्थानीय तहमा वर्षा हुने तरिकामा परिवर्तन ल्याउँछ भन्ने’bout व्यापक रूपमा आँकडा संकलन गरिएको छैन । हाल विश्व भू–मण्डलमा तातो बढ्दै गएको छ । जसको फलस्वरूप भविष्यमा गएर यसको जटिलतामा निकै नै परिवर्तन आउनसक्नेछ । भू–मण्डलीय तातोपनको नतिजास्वरूप हिउँदको तापक्रम चिसो र वर्षाको तापक्रम सुक्खा हुनेछ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले प्रकाशित गरेको एक प्रतिवेदनमा मानिसमा लाग्ने ८० प्रतिशत सामान्य रोग फोहोर पानीकै कारण हुने गरेको उल्लेख छ । सन् १९८० देखि ९० सम्म अन्तर्राष्ट्रिय खानेपानी तथा सरसफाइ दशकका रूपमा मनाइएको थियो । बढ्दो विश्वको कहालिलाग्दो जनसंख्याको चापले गर्दा हराभरा भएका वनजंगलहरूको ह्रास एकातिर हुँदै छ भने अर्कोतिर कृषियोग्य भूमिको नाश हँुदै छ । यस शताब्दीमा भएको तीव्र जनसंख्या वृद्धि, व्यवसायको विविधीकरण, सहरीकरण एवं औद्योगीकरणले पानीको मागमा वृद्धि भएको छ ।

नेपालले पनि जलस्रोत भण्डारमा गर्व गर्ने भए तापनि खानेपानीको स्थिति दिनहुँ खस्किँदै छ । तर, अबिरल बगिरहेको सेतो सुनलाई मुलुकको आर्थिक बरदानका रूपमा परिणत गर्न आजसम्म सकिएको छैन । मुलुकको समृद्धिको खाँचोका रूपमा रहेको जलस्रोतलाई कसरी विकसित एवं परिचालित गर्ने भन्ने कुरा आज चिन्ताको विषय रहिआएको छ ।

यसरी प्रत्येक वर्ष खानेपानीको माग बढ्दै गएको र सहरी क्षेत्रमा खानेपानीको समस्या झन जटिल हुँदै गएको छ । यसर्थ, उपत्यकामा दैनिक करिब ४३ करोड लिटर खानेपानीको माग भए तापनि दैनिक हिउँदमा १० करोड लिटर र वर्षात्मा १५ करोड लिटर मात्र पानी आपूर्ति भएको कुरा सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ ।
(लेखक विश्वनाथ खरेलको ‘पानीको बढ्दो चुनौती’बाट)

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५