आजबाट प्रहरी र सशस्त्रका पेट्रोल पम्प २४सै घण्टा खुल्ने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्प अब २४सै घण्टा खुल्ने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोल पम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।

प्रहरीको पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश भएसँगै आजदेखि पम्पहरू खुला रहने छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको पेट्रोलपम्प अबदेखि २४सै घण्टा खुल्ने बताए ।

यस्तै, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले पनि सशस्त्रको हल्चोक र पोखराको पेट्रोल पम्प पनि २४सै घण्टा खुल्ने बताए । यसअघि प्रहरी सशस्त्रद्वारा सञ्चालित पेट्रोल पम्प बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी