पाइन खबर भन्दै हरिदेविको एकल साँझ

‘घरको मालिक परदेशमा गएको,
धेरै भयो केही खबर नपाको
पाइन खबर,
घर फर्की आउनुहोस् मेरो हजुर ।

आजभन्दा करिब ३० वर्षअघि बजारमा आएको यो गीत नेपाली गीतसंगीतका एउटा कालजयी गीत हो । यो गीतले हरिदेवी कोइरालालाई जति चिनायो, त्यत्तिकै चिनाउँछ परदेशिकालाई घरदेशको परिवेश ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ उनै वरिष्ठ गायिका एवं साहित्यकार प्राज्ञ हरिदेवी कोइराला समर्तित ‘पाइन खबर साँझ–२०८०’ हुने भएको छ ।

पोखरा २२, पुम्दीभुम्दीस्थित इन्द्रेणी थियटर परिसरमा १० चैतमा हुने साँझमा वरिष्ठ गायिका कोइरालासहित विभिन्न कलाकारको प्रस्तुति रहनेछ ।

इन्द्रेणी थियटरले आफ्नो पाँचौं वार्षिकोत्सव अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठान सहकार्यमा उक्त साँझ गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमा इन्द्रेणी थियटरका अध्यक्ष एवं कार्यक्रम संयोजक केदारनाथ पौडेलले बताए । लेखक तथा निर्देशकसमेत रहेका पौडेलले गीतसंगीतको जगेर्ना गर्दै परशिएका छोराछोरीको सम्झनासहित गाउँमा बढेका बुढाबूढीलाई पनि थप मनोरञ्जन दिन कार्यक्रम गर्न लागेको बताए ।

उनका अनुसार कार्यक्रम हरिदेवी कोइरालाका गीत, कविता वाचन तथा प्रकाशित कृति र उनको समग्र कलायात्रामा समर्पित हुनेछ । त्यस अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारले पनि प्रस्तुति दिनेछन् । पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पदमराज ढकाल, संगीतकार नवराज बराल, गायक रामजी पौडेल, दिलीप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कँडेल लगायतको समेत प्रस्तुति रहने उनले बताए । कार्यक्रमस्थल फरक र कलात्मक तरिकाले निर्माण गरिएको छ । जसमा ऐतिहासिक साजसज्जा प्रयोग छ । कार्यक्रममा गीत, कविता र अन्य सिर्जना प्रत्यक्ष वाद्यवादनसहित सुन्न सकिने गरी तयारी गरिएको छ ।

‘प्राचीन मौलिकतायुक्त संस्कृति संरक्षणमा आफ्ना गीतसंगीतमार्फत जोड दिँदै आएकी छु,’ वरिष्ठ गायिका हरिदेवीले भनिन्, ‘हामीहरुले आफ्नो संस्कृति भुल्नु हुँदैन । बचाउनुपर्छ । अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

२०४३ सालमा ‘मेरा माइती मुग्लान झरे’ गीतबाट गायन क्षेत्रमा उदाएकी बैदामे चेली हेरिदेवीका २०४६ सालपछि धेरै गीतहरू बजारमा आए । उनका मर्मस्पर्शी गीत र भाखाले जोकोही पनि आल्हादित हुन्छ । ‘पाइन खबर..’ पनि त्यही प्रकृतिको एउटा कालजयी गीत हो । उनका हालसम्म हजारभन्दा गीत छन् । २०४६ सालदेखि उनले हरेक वर्ष तीजमा तीजेगीत श्रोता दर्शकमाझ ल्याउँछिन् । त्यो निरन्तर छ । तीज गीतको एकल एल्बम निकाल्ने आँट गर्ने उनी नेपालकै पहिलो गायिका हुन् ।

लोकगायन अलावा साहित्य, संगीत र सामाजिक सेवामा वर्षौदेखि समर्पित हरिदेवीले यो साँझ आयोजना गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आपूm उत्साहित भएको प्रतिक्रिया दिइन् । उनका आधुनिकगीत, बालगीत, तीजगीत, पपगीत, राष्ट्रियगान, भजन गरी सांगीतिक बजारमा ३० क्यासेट आए । विभिन्न ९ पुस्तककी स्रष्टा उनी गीत, कविता, मुक्तक, लेख, निबन्ध लेख्छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने