मनसराको टिजरका भुईमान्छेको कथा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अर्को चलचित्र ‘मनसरा’ यतिबेला निर्माणको क्रममा छ । यो चलचित्र आगामी २१ बैशाखबाट देशव्यापी रिलिज हुने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा बिहिबार यो चलचित्रको टिजर रिलिज गरिएको छ ।

चलचित्रको टिजरमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानको मायाँ प्रेमको आरोह अबरोह प्रस्तुत गरिएको छ । गत साल चलचित्र जारी निर्देशन गरेको उपेन्द्र सुब्बाले फेरी दयाहाङ र मिरुनालाई जोडी बनाएर यो चलचित्र तयार गरेका हुन् ।

जसमा नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका ’बाजे’(प्रविण खतिवडा) र ‘लिम्बुनी’(मिरुना मगर) एक सन्तानकी आमाको रुपमा प्रस्तुति छिन् । एउटा महिला हराएको सूचना पाटीको अगाडि दयाहाङ झोला बोकेर उभिएको टिजरमा देखाईएको छ ।

टिजरले बाहुन र लिम्बुनीको प्रेम भएको पनि झल्को दिन्छ । शहरमा बस्ने भूईंमान्छेको कथा यो चलचित्रमा रहेको टिजरबाट बुझिन्छ । तर मनसरा पात्र को हुन भन्ने कुरा टिजरमा खुलेको छैन । यो चलचित्रको अरु कलाकारमा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायत छन् ।

यो चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको यो चलचित्रको छायाँकारमा शैलेन्द्र ध्वज कार्की छन् । उनी यो फिल्मको निर्माता पनि हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ यसमा सह–निर्माताको रुपमा छन् । यसमा सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध